मोतिपुर हत्याकाण्डः गठबन्धन सरकारको सुकुम्बासी-भूमिहिनहरुलाई दशैंं उपहार

प्रचण्ड र माधब नेपालको समर्थनमा बनेको कांग्रेसी नेतृत्वको देउवा सकारले एमाले सरकारको पालामा दिएको बृद्धभत्ता निकासा गरेको छैन,।उहिले गाउघरका मुखियाहरुले चाडपर्व र गाह्रोसारो पर्दा गरिव दुखिलाई मात्रै हैन छिमेकीहरुलाई समेत के कसो छ ? भनेर सोधनी गर्थे । प्रजातन्त्रको ठेकदार हु भन्ने कांग्रेस र गणतन्त्रको मुखिया हु भन्ने प्रचण्ड र माकुने मिलेर बनेको गठबन्धन सरकार देश र जनताको लागि अभिसाप हो भन्ने कुरा यसैले पनि प्रमाणित भएको छ। देशभक्त र बिकासप्रेमी नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सरकार ढालेर कांग्रेस भित्रको घोर प्रतिकृयावादी पक्षको हातमा सरकारको नेतृत्व गएको छ । नेपाली कम्युनिष्ट आन्दोलन भित्रका प्रतिगामी र फाँशिवादी प्रवृत्तीको अगुवाई गर्ने प्रचण्ड र माकुनेको चरम ब्यक्तिबादी महत्वाकांक्षा र अवसरवादी ब्यवहार कै कारण कम्यनिष्ट पार्टीको सरकार ढालेर शेर बहादुर देउवाको निकम्मा सरकार नबने सम्म चैनको शास फेर्न सकेनन्। यसरी देशको शासन-सत्ता कांग्रेसी गठबन्न्धनको हातमा आए पछि त प्रचण्ड र माकुनेले भुईमा खुट्टै टेक्न छाडेका छन्। जसरी पनि सरकारमा पुग्नै पर्ने निचतापूर्ण संस्कार भएका राजनीतिक दलका नेताहरुको जन विरोधी चरित्रले निर्माण गर्ने अराजकता र मनपरिले मुलुक र जनता आक्रान्त हुन थालेका छन्।तर पनि यिनीहरुले आफुलाई साक्षात भगवान बिष्णुकै अवतार ठान्ने धृष्टता गरिरहेका छन् ।

मोतिपुर घटनामा गोली लागी सख्न घाइते भएका भूमिहिन । फोटोः एजेन्सी

खासगरि आफ्नो पार्टी संगठनको पकड कमजोर हुदै गएको कुरा बुझेका प्रचण्ड र माकुनेले एमाले पार्टी नेतृत्वलाई मनपरि पाँडे-गाली गरेर दुनीया हसाउने चटकेको काम गर्दैछन्। जनतालाई दास सम्झिने देउवा , प्रचण्ड र माकुनेहरुको बिचको एकता कुनै बिचारधारा नभएकैले यो एकता सम्भव भएको अवस्थामा देश र जनताको भरपर्दो विकल्प फेरि पनि नेकपा (एमाले)को सरकार मात्रै हो भन्ने प्रमाणित भएको छ। चाहे त्यो यहि संसदबाट बनोस वा अब हुने चुनाव पछि बनोस-‘देश बनाउन र देश बचाउन ‘एमाले को सकार ऐतिहासिक आवस्यकता हो ।

तपाईहरूलाई थाहै छ, केपी ओलीको सरकार ढालेर चोलेन्द्र समसेरको परमादेशबाट बनेको देउवा सरकार लगभग तिन महिनाको छोटै समयमा निकम्मा र बदनाम सावित भएको छ। संसदीय भाषामा यो तिन महिने अबधीलाई सरकारको मधुमास पनि भन्ने गरिन्छ। यहि मधुमासको अबधीमा संसदको बैठक बस्नै नसक्ने अबस्था बन्यो,सभामुख अग्नी सापकोटा कांग्रेस र माओवादीको गोटी बने, नेकपा (एमाले )फुटाउन ल्याईएको अध्यादेश निर्लज्ज भएर फिर्ता गरियो,संसद बिघटनको सिफारिस बदर गरेर परमादेशबाट सरकार बनाउने फैसला गरे बापत सर्बोच्च अदालतका प्रधान न्यायाधिस चोलेन्द्र समसेरले सरकारमा भागबंडा लिएर आफ्नै सहोदर जेठान गजेन्द्र हमाललाई मंत्री बनाएको घटनाको चौतर्फी बिरोध र निन्दाको सामना गर्न नसकेरै दुई दिन मै पदबाट राजिनामा गर्न बाध्य हुनु परेकोछ।

जन-हत्याराहरुको गठबन्धन सरकारमा आउना साथ एमाले सरकारले सुरु गरेका एक हजार चार सय दस वटा साना मझ्यौला सडक र एक हजार भन्दा धेरै ग्रामिण क्षेत्रमा निर्माण हुन लागेका अस्पतालहरुको खारेजीले देश बिकास अबरुद्ध भएको छ। साथै बसाई सराईमा आएको न्यूनिकरण र शहर र गाउमा बस्ने जनताहरु माझको विभेद कम गर्दै लैजाने एमाले सरकारको नीतिको उल्टो शहर गाऊमाझ अझ गहिरो खाडल बनाउन गठबन्धन सरकार अग्रसर देखिन्छ।दुर दराजका गाऊ वस्तीमा बसेका जनताले राम्रो सडक र अस्पताल भेट्न फेरि पनि शहर मै आउन बाध्य बनाउने काम गरिदैछ। पुँजीपति र ठालुहरुको पार्टी कांग्रेससँग मिलेका अवसरवादी कम्युनिष्ट नाईकेहरुले गाउँले जनताको भागमा ओलि सरकारले दिएको सडक र अस्पताल खोसेर सहरमा रहेका सम्भ्रान्त वर्गले खोलेका अस्पतालको व्यापारिक मुनाफाबाट प्राप्त हुने घुस-कमिसन लागि यस्तो अपराध गरेका छन् । यहि गठबन्धन सरकारले सुकुम्बासी तथा ऐलानी पर्ति जग्गामा बसेका तर लालपुर्जा नभएका जनताको लागि एमाले सरकारले गठन गरेको भूमि समस्या समाधन आयोगको खारेज मात्रै गरेनन् ,रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रमा बर्षौ देखि बसोबास गरेका सुकुम्बासीहरु माथि दशै पर्वको मुखमा प्रहरी परिचालन गरेर बस्ती खाली गर्न खोज्दा भएको झडपमा प्रहरीको गोलीबाट चार जनाको हत्या गरिएको छ । सयौको संख्यामा सर्वसाधारण जनताहरु घाईते भएका छन्। यो गठबन्धन सरकारले ऐलानी पर्ति जग्गामा बसेका भूमिहिन सुकुम्बासी जनतालाई देशैभरिबाट उठाउने घोषणा गरेको छ। यसरी गरिने बिनाविकल्पको उठिबासले अन्तत:दमन र जनहत्याको मोतिपुर हत्याकांडकै पुनरावृती गराछ। यस पछि हुने प्रतिरोधले मुलुकमा अशान्ती र कलह बढाउने छ। यसर्थ पनि यो गठबन्धन सरकार देश र जनताको लागि निकम्मा साबित भएको छ।नेपालको सुशासन र विकासको लागि अव्वल र सफल बनेको नेपाल कम्युनिष्ट पार्टी(एमाले)को बढ्दो प्रभावबाट आत्तिएका देशी विदेशी शक्तिहरुको योजनामा घटाईएको यो नरसंहारको ब्यापक बिरोध र भण्डाफोर गर्दै सिंगो जन समुदायलाई आन्दोलितर परिचालित नगर्ने हो भने भोलीको दिनमा नेकपा (एमाले)ले ठुलै चुनौतिको सामना गर्नु पर्नेछ।एमाले अध्यक्ष क.केपी ओली बिरुद्ध प्रचण्डले नवलपरासी जिल्लामा भाषण गरेको एक दिन पछि भएको मोतीपुर हत्याकांडलाई गम्भिरताका साथ लिन जरुरी छ। नेकपा एमाले देश र जनता प्रति समर्पित राजनीति गर्ने पार्टी भएको नाताले मोतिपुर हत्याकंडको छानबिन गरि दोषीलाई कडा सजाय दिनु पर्दछ,भन्ने माग गर्छ।यसको लागि गृहमंत्री बालकृष्ण खाडले नैतिकताको आधारमा घटनाको जिम्मेवारी लिदै पदबाट तुरुन्तै राजिनामा दिनको लागि नेकपा (एमाले)ले सडक देखि सदन सम्म जन दवाव श्रृजना गर्नु पर्छ ।

एमालेका नेता ,कार्यकर्ता र समर्थकहरुलाई तर्साउन सुरु गरिएको घटना हो,मोतिपुर ! तसर्थ,प्रतिगामी र फाँशिवादी गठबन्धन सरकारले गर्ने जस्तोसुकै घातक षडयन्त्रको श्रृंखलाबद्ध अभियालाई पराजित गर्न नेकपा(एमाले)र यसका सम्बद्ध जनवर्गीय संगठनहरु हरहमेसा सुसंगठितर तम्तयार रहनु पर्छ भन्ने तर्फ नेतृत्वले योजना बनाओस।यसै गरेर मात्रै नेकपा(एमाले)को कल्याण हुनेछ।