बाग्मतीमा बर्तमान सरकारले विश्वासको मत पाउने अबस्था सिर्जना भयोः स्वास्थ्यमन्त्री प्रदीप कटुवाल

बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले प्रदेस सरकारले स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान गर्न ठोस कदमहरु अगाडि बढाइरहेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीद्धारा आयोजित वडा दशैं, दिपावली, वड्की एकादशी एवम् छठ पर्वको उपलक्ष्यमा आयोजित चियापान समारोहमा प्रमुख अतिथीका रुपमा बोल्दै मन्त्री कटुवालले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको बिग्रँदो अबस्थालाई माथी उठान र गरिव तथा असहायको पहुँचमा पुर्याउन लागिरहेको बताउनुभयो । उहाँले विगत डोरमणी पौडेल सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्यवन गराउँदै उहाँले नेकपा एमालेले लिएको सम्वृद्ध नेपाली शुखी नेपालीको आकांक्षालाई पुरा गराउन प्रदेश सरकार लागिरहेको बताउनुभयो ।
सरकारले विश्वासको मत लिनका लागि हिजो संसदमा टेवल गरेको र सरकारले विश्वासको मत प्राप्त गर्ने अबस्था रहेको उल्लेख गर्नुभयो । उहाँले बाग्मतीमा प्रदेशमा नेपाली कांग्रेसका स्थानीय नेताहरुले आफ्नो सरकार चाहिरहेको र पार्टी केन्द्रले गरेको निर्दैशन पालन हुनेमा शंका लागिरहेको उल्लेख गर्नुभयो । माथि केन्द्रदेखीनैं परमादेश सरकारको गठबन्धनप्रति जनताको विश्वास नरहेको र बाग्मतीमा बर्तमान सरकारले विश्वासको मत पाउने अबस्था सिर्जना हुन थालेको बताउनुभयो ।
चियापान कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य बिनोद खड्कालगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।