बिजया दशमीले खराब सोच, चिन्तन, व्यवहार र आचरणहरु त्याग्न प्रेरणा मिलोस् : उपप्रमुख देवकोटा

कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले विजयाँ दशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै नगरवासीलाई मितव्ययी ढंगबाट उल्लासका साथ दशैं पर्व मनाउन अपील गर्नुभएको छ ।
फुलपातीको दिन शुकामना व्यक्तगर्दै उपमेयर देवकोटाले नगरवासीको सुख शान्ति र सम्वृद्धिको कामनागर्दै बिजया दशमी २०७८ को उपलक्ष्यमा नव दुर्गाले खराब सोच, चिन्तन, व्यवहार र आचरणहरु त्याग्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।