नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ दुधौली नगरपालिका वडा नं. ११ द्वारा वडा दसैं ,तिहार,छठ र बड्की एकादशिको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नेकपा एकालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेस परित्यागगरी ३७ जना नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
युवा संघका वडा संयोजक पवन कार्कीको अध्यक्षता तथा एमाले दुधौली नगर सचिव रमेश कार्कीको संचालन भएको कार्यक्रममा एमाले सिन्धुलीका सचिव शान्तिमान कार्की, बाग्मती प्रदेश कमिटी सदस्य डम्बर कार्की ,लक्ष्मण कार्की, रितबहादुर कार्की, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य कुमार लामा, अनेमसंघकी केन्द्रीय सदस्य मीना कार्की, सुकुमाया तामाङ, अनेमसंघ नगर अध्यक्ष कोपिला दाहाल लगायतले सम्वोधन गर्नुभएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा एमालेमा प्रवेश गरेका एमाओवादी कार्यकर्ता किर्तिमान बिक, बिक्रम बिक, श्याम बिक, मानवहादुर बिक, मनोज विक, मदन बिक, भुवन सदा, प्रकाश बिक, दिपक बिक, कमला बिक, रमा बिक, गोपिमायां बिक, सिता बिक, सागर बिक, प्रमिला सदा, दुखिया सदा, सूर्या कुमार दनुवार लगायत २६ जनालाई प्रमुख अतिथी दनुवार र शान्तिमान कार्कीले अविर लगाएर स्वागत गर्नुभएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस परित्यागगरी एमालेमा प्रवेश गरेका रणमान मग्राती, भिम श्रेष्ठ, तिलक श्रेष्ठ, भद्रा राउत, गिता राउत, रामवहादुर खड्का, टंकवहादुर परियार, मेधवहादुर परियार, अशोक कुमार दनुवार, तुलसी कुमर र चन्द्रकुमारी बुढाक्षेत्रीलाई कार्यक्रममा प्रमुख अतिथी दनुवार र कार्कीले पार्टीमा स्वागत गर्नुभएको थियो ।


