संसदले काम गर्न सकेन, चुनावमा जानुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसदले संसदीय मुल्य मान्यताअनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चुनावमा जानुपर्ने बताउनु भएको छ । उहाँले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको हो ।

कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेको र संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएको भन्दै फ्रेस इलेक्सनमा जानुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले यथार्थ नबुझेर म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य मान्यताविपरीत संविधानको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकत्नत्रका लागि गम्भीर चुनौती भएको उहाँको भनाई छछ । सिंहले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले जनतामा कस्तो प्रभाव पार्‍यो भन्ने कुरा नबिर्सिनसमेत आग्रह गर्नुभयो । देउवा सरकारले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नलाई ख्याल ख्याल सोच्न नहुनेसमेत सिंहले बताउनु भयो ।

पार्टीभित्रका केही मान्छेहरुका गलत कार्यको सिङ्गो पार्टीले मूल्य चुकाउनुपर्ने भन्दै पदमा बस्नेले जे मन लाग्यो गर्ने अनि जनतामा आफूहरुले जवाफ दिँदै ढाकछोप गर्नुपर्ने अनि आफ्नै नेतालाई खुलाउने काम गर्‍यो भन्न मिल्छ भन्दै आपत्ति जनाउनु भयो ।

पार्टीभित्रको एउटा समूह सुरुदेखिनै आफूविरुद्ध गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेबीको छोरा भएर विरासतको राजनीति गर्‍यो भन्ने आरोपको पनि कडा प्रतिवाद गर्नुभयो । आफू बाबुआमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताले जस्तै विद्यार्थी जीवनबाटै राजनीतिक कार्यकता बनेर दुस्ख कष्ट संघर्ष गर्दै जेलनेल भोगेर अगाडि बडेको बताउनु भयो ।

नेता सिंहले अवसर पाएर काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नो स्वार्थ पूरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरालाई आफूले सही भन्न नसकने बताउनु भयो ।