नेता नारायणकाजीले पाए फेरि जिम्मेवारी, झुक्न बाध्य भए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको अडानसामू झुक्न बाध्य हुनुभएको छ । पार्टीमा आफूखुसी निर्णय गर्दै सहयोद्धा नेताहरुकै अपमानमा उत्रनुभएका प्रचण्डले आफ्नो गल्ती स्वीकार गर्दै पूर्वप्रवक्ता श्रेष्ठलाई अन्तराष्ट्रिय बिभाग प्रमुखको जिम्मेवारी दिन बाध्य हुनुभएको हो । यस अगाडि श्रेष्ठ निकटका नेताहरुले नेकपा एकता केन्द्र पुर्नगठन गरेर अगाडि बढ्न दबाब दिंदै आएका थिए ।

श्रेष्ठलाई हैसियतबिहीन देखाउन यसअघि प्रचण्डले प्रवासको जिम्मा दिएर पेन्डुलम बनाउँदै राम कार्कीलाई अन्तराष्ट्रिय बिभागको प्रमुख तोक्नुभएको थियो । स्थायी कमिटी र केन्द्रीय कमिटी निर्णयको बहाना बनाउँदै प्रचण्डले गर्नुभएको सो हर्कतबिरुद्ध निर्णायक लडाइ लडने घोषणा श्रेष्ठले गरेपछि सच्याउन बाध्य भएको माओवादीका एक नेताले बताए । श्रेष्ठको सोही अडानका कारण माओवादीले एउटै बैठकको निर्णय भन्दै अर्काे सर्कुलर पठाएर निर्णय सच्याइएको छ ।

माओवादीले आज मात्रै पुनः परिपत्र जारी गरेको छ । असोज ११–१३ गते बसेको स्थायी समिति बैठकको निर्णयानुसार सो सर्कुलर जारी गरिएको हो । परिपत्र अनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ र उपप्रमुखमा राम (सुरेन्द्र) कार्की तोकिनुभएको हो ।
सर्कुलरअनुसार रिक्त रहेका प्रदेश र अन्य केही संगठनमा पदाधिकारी तोकिएका छन् । जुन यसप्रकार रहेको छ ।

प्रदेश १
सचिव – हेमराज भण्डारी

प्रदेश २
अध्यक्ष – प्रल्हाद बुढाथोकी
सचिव गोगकुमार बर्बरिया यादव

बागमती प्रदेश
सहइञ्चार्ज – इश्वरीप्रसाद भट्टराई
सचिव – अन्जना विशंखे

गण्डकी प्रदेश
सचिव – देवेन्द्र पराजुली

सुदूरपश्चिम प्रदेश
सहइञ्चार्जहरु – नेपबहादुर चौधरी, त्रिलोचन भट्ट, विना मगर, वीरमान चौधरी
अध्यक्ष – शरदसि.ह भण्डारी
सचिव – देवीलाल चौधरी

प्रवास समन्वय समिति – सहइञ्चार्ज लक्ष्मण पन्त

जिल्ला इञ्चार्जहरु
डडेल्धुरा – जगत पार्की
डोटी – शिवसिंह ओली
अछाम – झपट साउद
कपिलवस्तु – कमल चुडाली
प्युठान – नारायण अधिकारी
गुल्मी – सुदर्शन बराल
लमजुङ – पारशमणी पौडेल
पर्सा – विजय महतो

वीरगञ्ज महानगरपालिका इञ्चार्ज – बाबुराम कौशिक