नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिङले विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै दशैं पर्वलाई खर्चिलो नभई मितव्ययी ढंगले बनाउन अपील गर्नुभएको छ । नेपाली चाडपर्वहरु नेपालका साँस्कृतिक धरोहर भएको स्मरणगर्दै नेता घिसिङले विजया दशमीले सिन्धुलीवासीमा आपसी बैमानश्यता, कटुता र बेमेललाई परास्तगर्दै हाँशि खुशीसाथ मनाउन र आसपी भाइचारालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्नुभएको छ । कमलामाई नगरपालिका वडा नं. ७ का वडाध्यक्षसमेत रहेका नेता घिसिङले आफु ल्होसार मान्ने भएपनि दशैं मनाउने साथी भाईहरुकहाँ जाने, खाने र बस्ने भएकाले दशै पर्वप्रति आफ्नो प्रगाढ स्नेह रहेको बताउनु भयो । उहाँले दशैं, तिहार, छठ र ल्होहार जस्ता पर्वहरु र्खिर्चलो र भड्किलो बन्दै गइरहेकाले त्यसलाई मितव्ययी र संस्कृतिको संरक्षणका रुपमा बनाउन सम्पूर्ण नगरवासीमा अपीलसमेत गर्नुभएको छ ।










