एमालेसँग डर लागिरहेको माधवको खुलासा

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई एमालेसँग डर लागिरहेको तथ्य खोल्नुभएको छ । एमालेमा लामो समय एकछत्र राज गरी भविश्यवान कार्यकर्तालाई लखेटेर माओवादी जनयुद्धमा धकेल्नुभएका नेपालले एमालेबाट अलग भएपछि पनि सोही पार्टीसँग मात्रै डर रहेको मनको कुरा खोल्नुभएको हो ।

नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा सहभागी भई एमालेबाट आफ्नो पालामा कुस्त मौका पाएका केही ब्यक्तिहरुलाई लिएर नयाँ पार्टी गठन गर्नुभएको छ । सो पार्टीको बैधानिककताको बिषयमा अदालतमा बिचाराधिन रहेकै बेला अध्यक्ष नेपालले एमालेसँग डराई-डराई हिड्नुपरेको बताउनुभयो ।

एमालेमा रहँदा आफूसँगै रहनुभएका सुदुरपश्चिमका नेता भानुभक्त जोशीलाई प्रवेश गराउँदै अध्यक्ष नेपालले एमालेसँग डर लागेको तथ्य खोल्नुभयो । नेकपा एमाले आफूहरुको प्रमुख शत्रु भएको भन्दै नेपालले भन्नुभयो, ‘हामीलाई अरु कसैबाट होइन, एमालेको डर छ ।’ उहाँले आफूहरुको नयाँ यात्रामा एमालेले अवरोध गर्ने र त्यत्ति सजिलै गरिखान नदिने बताउनुभयो ।