न्त्रिपरिषद बिस्तारमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपमान भएको भन्दै जंगिएर बैठकको बीचैमा हिडेपछि सत्तागठबन्धन बैठक बिनानिश्कर्ष टुंगिएको हो ।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन्त्रालय भागबण्डका विषयमा गम्भीर असन्तुष्टि जनाउनु भएको थियो । बैठकमा सहभागी स्रोतका अनुसार अध्यक्ष नेपाललाई थामथुम पार्न बागमति र प्रदेश १ को मुख्यमन्त्री दिने प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा नबोली चुप बस्नुभएको थियो । माधवकै असहमति गृह, अर्थ, परराष्ट्र जस्ता प्रभावाली हैसियतकै मन्त्रालय चाहिने अडान राखेपछि आजको बैठक निश्कर्षमा पुग्न नसकेको हो ।
स्रोतका अनुसार प्रचण्डले नेपाललाई परराष्ट्र, स्वास्थ्यलगायतका मालदार मन्त्रालय नछाडने अडान दिन सुझाउनु भएको छ । सोहीअनुसार माधवले बैठकमा अडान लिनुभएको थियो । यी मन्त्रालय लिएको अवस्थामा कांग्रेसभित्र अन्तरबिरोध बढने र प्रधानमन्त्री देउवा सधैभर आफूहरुमा निहित हुने प्रचण्डको निश्कर्ष योजना छ । घटस्थापनाकै दिन मन्त्रिपरिषदलाई पुर्णता दिने भन्दै आज सत्ता गठबन्धनका चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकले विभिन्न मोडलमा छलफल गरेको भए पनि सहमति जुटाउन नसकेको नेताहरुले बताए ।
सर्वाेच्च अदालतको असार २८ गतेको परमादेशबाट असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले यही किचलोका कारण अझै मन्त्रिपरिषद बिस्तार गर्न सक्नु भएको छैन । बिश्व इतिहासमै यति लामो समयसम्म मन्त्रिपरिषद बिस्तार गर्न नसक्ने सूचीमा इतिहास कायम गर्नुभएका देउवाले आज टुंगो लगाउने योजना बनाउनु भएको थियो । आफ्नै पार्टीभित्रको बिचलोसँगै गठबन्धनमा समेत किचलो बढेपछि मन्त्रिपरिषद बिस्तारको काम अझै लम्बिएको छ ।
आज सहमतिमा पुग्ने बताइए पनि मन्त्रालयका बारेमा असन्तुष्ट रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल मन्त्रालयका बारेमा कुरा नमिलेपछि बैठकको बिचमै निस्किनु भएको थियो ।