निःशुल्क शिक्षाको अबधारणालाई पहिलो प्राथमिकतामा राखेर कामगर्दे आएको गाउँपालिकाको नाम हो मरिण गाउँपालिका । एकिकृत नेकपा (माओवादी) बाट ४८६० मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजयी भन्नुभएका पानीराज बम्जन जिल्लामा लोकप्रिय माओवादी नेता मानिनुहुन्छ । २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुएका बम्जन २०५४ सालमा तत्कालिन जनमोर्चा नेपालको तर्फबाट जिल्ला विकास समिति सिन्धुलीको सदस्य बन्नुभयो भने २०५६ सालको जिल्ला सम्मेलनबाट जनमोर्चाको जिल्ला सेक्रेटरी चयन हुनुभयो । तत्कालिन माओवादी र जनमोर्चाका बीचमा पार्टी एकता हुँदा उहाँ जनमोर्चा सिन्धुलीको अध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष बम्जन उमेरले ५१ वर्षको हुनुहुन्छ तर उहाँको राजनैतिक सक्रियतालाई हेर्ने हो भने उहाँलाई युवा नेता भनेर सम्वोधन गर्नैपर्छ । निर्वाचनका दौरानमा पार्टीको चुवानी घोषणापत्र र आफुले गरेका व्यक्तिगत प्रतिवद्धताहरु पुरा भइसकेको र केही पुरा हुने क्रममा रहेको पनि उहाँले खुलासा गर्नुभयो । समाजवादी यात्राको पहिलो खुड्किलो शिक्षा र स्वास्थ्यनैं हो भन्ने निश्कर्ष निकालेर जिल्लामैं नमुना बन्न सफल हुनुभएका अध्यक्ष बम्जनसँग यिनै विषयमा केन्द्रीत रहेर सन्देश जनप्रिय साप्ताहिकले गरेको लामो कुराकानीको सम्पादित अंश यहां प्रस्तुत गरिएको छ । सम्पादक
नेपालको पछिल्लो राजनैतिक घटनाक्रमलाई कसरी नियाली रहनुभएको छ ?
आम नागरिकहरुमा नैराश्यता पैदा भए । विशेषगरी नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने क्रममा केही समस्याहरु देखा प¥यो र त्यसले गर्दा आम नागरिकमा निराशाहरु छायो । सरकार सञ्चालन गर्ने क्रममा नेतृत्व तहमा विधी पद्धति र सिस्टमबाट नचल्दा केही समस्याहरु देखा परे । नेपालका राजनैतिक पार्टीहरु विभाजन नहुनु पर्दथ्यो, भयो र त्यो विभाजनपछि निराशाहरु आउनु स्वाभाविकै हो । तर पछिल्लो घटनाक्रमले फेरी केही उर्जा पनि मिलेको छ । नेपालको संविधानलाई कार्यान्वयन नगर्ने सन्दर्भमा सचेततापूवर्क राजनैतिक घटनाक्रम अगाडि बढ्दा नेपालको समग्र राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको देखिन्छ । उहांकै वरिपरिको नेतृत्वले संविधानको रक्षाका निम्ती पहलकदमी लिएको छ । हामीलाई आशा र विश्वासछ पक्कै पनि संविधान कार्यान्वयन गर्ने क्रममा जनताका ति निराशाहरु क्रमश आशामा बदलिन्छन् ।
तपाई त संयुक्त जनमोर्चा (नेकपा एकता केन्द्र) को स्कुलिङबाट यहाँसम्म आउनु भएको मान्छे । पार्टी एकतापछि एमाओवादी, नेकपाहुँदै फेरी एमाओवादीको नेता पनि हुनुहुन्छ ।
अब यो बताईदिनुस् कि तपाई कम्युनिष्ट पार्टी लाग्दा जे सोच्नु भएको थियो, जे परिकल्पना गर्नुभएको थियो त्यो अबस्था अहिले पाउनु भएको छ त ?
जतिबेला म आफैं कम्युनिष्ट पार्टीको सदस्य भए, त्यस बेलाको कम्युनिष्ट पार्टी र अहिलेको कम्युनिष्ट पार्टीको तुलना गर्न त सकिंदैन । अहिलेको कम्युनिष्ट पार्टी केही बिग्रिएकै छ । जुन वर्गका लागि कम्युनिष्ट पार्टीले काम गर्ने भनिन्थ्यो, अहिले त्यो भएको छैन कि भन्ने त लागिरहेकै छ । तर १० वर्षे जनयुद्धमा र ६२÷०६३ को शान्तिपूर्ण जनआन्दोलनमा उठेका मुद्धाहरुले सामान्तवादी राज्य व्यवस्थाको समूल अन्त्यगर्दै गणतन्त्र,संघीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण परिवर्तनहरु गराएको छ । व्यक्तिगत रुपमा भन्दा पनि नेपाली जनताले प्राप्त गरेका अधिकारहरु संस्थागतगर्दे अगाडि बढ्नु पर्छ । मुलुकलाई समाजवाद उन्मुख बनाउनका निम्ती जुन संविधानमा उल्लेख भएकोछ, त्यसलाई संस्थागत गर्ने मुख्य कुरा हो । एउटा सत्य के हो भने हामीले जे परिकल्पना गरका थियौं, ती सबै कुरा त प्राप्त गरेका छैनौं तर धेरै कुरा त प्राप्त गरेकै छौं नि ? हामीले जस्तो संविधानको परिकल्पना गरेका थियौं वा बनाउँछौं भनेका थियौं, त्यस्तो संविधान बन्न सकेन । त्यो सहमतिय आधारमा बन्यो । जनयुद्ध र जनआन्दोलनका बेला जुन मुद्धाहरु उठाइएका थिए, ती सबै अधिकारहरु प्राप्त भएका त छैनन् तर जति पनि अधिकारहरु प्राप्त भएकाछन् तिनीहरुको संरक्षणगर्दै, रक्षागर्दै थप अधिकार प्राप्तीका लागि अगाडि बढ्नु पर्छ भन्ने नैं हो ।
तपाईले यस्ता कुरा गरिरहँदा जनयुद्ध र जनआन्दोलनका क्रममा उठाइएका राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सावालहरु अझैं पनि जस्ताताकै तस्तैछन् भन्ने यहाँलाई लाग्दैन र ?
हामीले त्यसबेला जुन मुद्धाहरु उठाएका थियौं, ति सबै मुद्धाहरु जायज थिए र अहिले पनि छन् । कहिले काँही त मलाई तपाईले भनेजस्तै पनि लाग्नेगर्छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकासँग सम्बन्धित मागहरु पुरा गराउने सन्दर्भमा केही जटिलताहरु, अप्ठेराहरु र समस्याहरु छन् । मैंले पहिला पनि भनेको थिएँ । संविधान सहमतीय आधारमा बनेको छ । राजनैतिक परिवर्तन पनि सहमतिय भएकाले पनि त्यस्तो भएको हो । यसो भनिरहँदा हामी निराश भएका छैनौं, आशावादीनैं छौं, त्यसमाथि कम्युनिष्टहरु त झन धेरै आशावादी हुन्छन् । निश्चय पनि हामीले उठाएका मुद्धाहरु अहिलेनैं एक पटक होइन, क्रमिक रुपमा पुरा हुन्छ भन्ने विश्वास छ ।
प्रसंग बदलौं, तपाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएको चार वर्ष पुरा भइसकेको छ । निर्वाचनको अबधीमा तपाईले जनताको बीचमा गरेका प्रतिवद्धताहरु पुरा गर्नुभयो ?
तत्कालिन समयमा हामी नेकपा (माओवादी) पार्टीका नाममा निर्वाचनमा जाने क्रममा घोषणापत्रमा लिपिवद्ध गरिएकाहरु मध्ये थुप्रै कुराहरु पुरा भएकाछन् । केही कामहरु अधुरा छन् । मुलभूत रुपमा हाम्रो गन्तब्य भनेको समाजवाद हो । हाम्रो पार्टीको घोषणा पत्र र त्यसमा उल्लेख भएका कुराहरुलाई कार्यान्वयन गरेर अगाडि बढ्ने क्रममा ९० प्रतिशत कुराहरु पुरा भएका छन् र केही कार्यान्वयनको चरणमा छन् । समाजवादमा जानका लागि पहलो खुड्किलो भनेको शिक्षा र स्वास्थ्यनैं हो । त्यसैले पनि पार्टीको चुनावी घोषणा पत्र र मैंले व्यक्तिगत रुपमा गरेका प्रतिवद्धताहरु मध्ये स्वास्थ्यलाई पहिलो र शिक्षालाई दोस्रो प्राथमिकतामा राखेर काम गरेका छु । त्यसैगरी कृषिलाई आधुनिकिकरण गरेर आय आर्जनलाई बलियो बनाउँदै जनतालाई आत्मनिर्भर बनाउने हाम्रो परिकल्पना थियो, हामीले उक्त कामलाई अगाडि बढाइसकेका छौं ।
त्यसैगरी चौथो नम्वरमा हाम्रो समग्र मरिणक्षेत्रमा भौतिक पूर्वाधारका कामहरु सम्पन्न गर्नुपर्ने थियो । त्यस्तै दशकौंदेखी भोगचलनगर्दै आएका सयौं अब्यवस्थित बसोवासीहरु थिए, उनीहरुलाई जग्गाको मालिक बनाउनु पर्ने थियो । त्यसैले ऐतिहासिक आधार वर्षमैं हामीले जनताको मन छुनेगरी उहाँहरुको मुटुमा बस्नेगरी कामहरु थालेका थियौं । उनीहरुको तथ्यांक संलकन गरेर लालपुर्जा बितरण गर्ने तयारी गरेका थियौं । तत्कालिन केपी ओली नेतृत्वको सरकारले बनाएको भूमि समस्या साधान आयोग अहिलेको सरकारले खारेज गरिदिएपछि लालपूर्जा वितरण गर्ने कार्यमा बाधा त आएको छ, तर ती कामहरुलाई अहिलेको गठबन्धन सरकारले अझ व्यबस्थित ढंगले पुरा गर्छ भन्ने विश्वास लागेको छ ।
त्यसैगरी गाउँपालिका भित्र जम्मा ३ वटा मात्रै स्वास्थ्य संस्थाहरु थिए । वडा नम्वर ३ को बरुण मरिणको कर्णालीको रुपमा रहेको र सोही स्थानसहित हामीले थप ४ वटा वडाहरुमा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य संस्थाका लागि सुविधासम्पन्न भवन पनि निर्माण गरेर सञ्चालनमा ल्यायौं । त्यस्तै गर्भवती महिलाहरुका लागि उहाँहरुको आत्मवल बलियो बनाउन मात्रै होइन जन्मने शिशु र आमाका लागि पौष्टिक आहार सहज रुपमा होस् भन्ने उदेश्यले मासिक ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलव्ध गराउँदै आएका छौं ।
सुत्केरी महिलाले शिशु जन्माउनु अगाडि ४ पटक गर्भजाँच गराउनु पर्ने र त्यसरी स्वास्थ्य संस्थामा गएवापत पालिकाले ५ सय रुपैयाँ दिँदै आएको छ । संघीय सरकारले उपलब्ध गराउँदै आएको २८ सय रुपैयाँमा थप २ हजार र पोषण वापतको थप ३ हजारसहित एउटा सुत्केरी महिलाले अहिले ७ हजार ८ सय रुपैयाँ उपलब्ध गराउँदै आएकाछौ । त्यसैगरी पालिका भित्रका द्धन्द्धपिडित, वृद्ध बृद्धा, एकल महिलाहरुका लागि संघीय सरकारले उलव्ध गराए बाहेकका सुगर, प्रेसर दम रोगका औषधीहरु निःशुल्क रुपमा उपलव्ध गराउँदै आएका छौं र आम नागरिकहरुलाई स्थानीय सरकार गाउँमैं रहेको अनुभूति दिलाएका छौं । त्यसैगरी मरिण गाउँपालिकामा रहेका ४८ वटा सामुदायिक विद्यालयमध्ये २९ वटामा वालविकासको दरबन्दी रहेको छ । बाँकी १९ वटामा थिएन । म निर्वाचित भएको दोस्रो वर्षबाट १९ वटा विद्यालयका लागि दरबन्दी सिर्जना गरेर शिक्षिकाको व्यवस्था ग¥यौं । घरमा आमा र हजुरआमाले दिएको मायाँ ममता विद्यालयमा शिक्षिकाबाट अवोध वालवालिकाले पाउन सकुन् भनेरै हामीले मासिक १३ हजार रुपैयाँ दिनेगरी उहाँहरुलाई काममा खटाएका थियौं । जवकी संघीय सरकारले २९ वटा वाललिकासको दरबन्दी रहेका विद्यालयलाई दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैयाँ दिएकोमा हामीले स्थानीय सरकारका तर्फबाट १९ वटा विद्यालयलाई पनि प्रति विद्यार्थी १५ रुपैयाँकै दरले खाजाको प्रबन्ध गरेकाछौं ।
त्यति मात्रै होइन वालविकासका शिक्षिकाहरुलाई भनेका छौंः एक दिन वालवालिका विद्यालय आएनन् भने उनीहरुको घरमा जानुुस्, सोधखोज गर्नुस् र यदी जानै नसकिने अबस्था छ भने अभिभावकको फोन नम्बर राख्नुस् र सम्पर्र्क गर्नुस् कतै उनीहरु बिरामी परे कि वा अन्य कुुनै समस्या आइपरेको छ कि भनिरहेका छौं । त्यसका लागि हामीले ४८ वटै विद्यालयका वालशिक्षिकाले पाउने गरी वार्षिक १ हजार रुपैयाँ सञ्चार खर्च विद्यालयको खातामा पठाउने गरेकाछौं । हामीले के पनि भनेका छौं भने त्यो रकम पर्याप्त छैन, यदी बढी रकम खर्च भएको छ भने विल पेश गर्नुस् हामी थप भुक्तानी दिन्छौं भनेका छौं । त्यसैगरी २९ वटा विद्यालयलाई शैक्षिक सामाग्री खरिदका लागि मासिक ५ हजार रुपैयाँ उपलव्ध गराउँदै आएका छौं । त्यस्तै विद्यार्थी संख्याका आधारमा हामीले दरबन्दी अपुग रहेका विद्यालयमा शिक्षा ऐन अनुसार अनुदानमा विषयगत शिक्षक र दक्ष जनशक्ति पठाएकाछौं । त्यसैगरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका लागि तहगत विद्यालयका आधारमा मासिक ५ हजार, ४ हजार र ३ हजारका दरले क्रमश रकम उपलव्ध गराउँदै आएका छौं ।
त्यसैगरी निःशुल्क शिक्षा उपलव्ध गराउने योजना अन्र्तगत गाउँपालिकाले कक्षा ९ र १० लाई पूर्ण रुपमा निःशुल्क गरेका छौं । त्यसका लागि कक्षा ९ का लागि २४०० र १० कक्षाका लागि प्रति विद्यार्थी ३००० का दरले विद्यालयलाई उपलब्ध गराउँदै आएका छौं । विद्यार्थीहरुलाई दक्ष र विकाउ बनाउनका लागि पनि हामीले विद्यालयलाई उक्त रकम पठाएका हौं । यसै चालु आर्थिक वर्षदेखी हामीले कक्षा ११ र १२ लाई पनि पुर्णरुपमा निःशुल्क बनाउँदैछौं । त्यसका निम्ती ११ लाई ४५ सय र १२ कक्षाका लागि मासिक ५ हजार रुपैयाँ विद्यालयको खातामा पठाउँदैछौं । हामीले यो हिसावले मरिणको गुणस्तरिय शिक्षाका लागि प्रशस्त लगानी गरिरहेका छौं । केही ठाउँका विद्यालय मर्ज भएका छन् । केही ठाउँमा विद्यार्थीहरु घटेकाछन् । त्यसैले वालवालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हनुनपरोस् भन्ने उदेश्यले नयाँ मोडालिटीका साथ आवासिय विद्यालय दशै पछाडिबाट सञ्चालनमा आउनेगरी स्थापना गरेकाछौं । मरिण गाउँपालिकाका ७ वटै वडाबाट ३/३ जनाको दरले शिफारिश भई आएका विद्यार्थीहरु आबासिय विद्यालयमा राखिनेछन् । त्यसरी छनोट भई आएकाहरु द्धन्द्धपिडित अति गरिव र अभिभावक बिहिन वालवालिका रहने व्यवस्था मिलाएका छौं ।
पञ्चकन्या पोखरी, दरबारडाँडा, कपिलेश्वर दरवार, ढोका ढुंगा र धुरी ढुंगालाई संरक्षण र विकास गर्नका लागि भौतिक पूर्वाधार अन्र्तगत लगानी गरेका छौं । पर्यटन क्षेत्रको विकासका लागि हामीले बाह्य लागनीकर्ताहरुलाई भित्र्याउनु पर्छ भनेरै यस वर्षको नीति तथा कार्यक्रममा ढोका खुला गरेका छौं । यस बीचमा आन्तरिक पर्यटनमा त वृद्धि भएको छ तर बाह्य पर्यंटकहरु भित्र्याउन भने सकिरहेका छैनौं । मरिण गाउँपालिकाको वडा नं. १ र २ मा विद्युत पुग्न सकेको थिएन । आफ्नै रिसोर्समा दुुबै वडाका केही भूगोलमा हामी वत्ती बाल्न सफल भएका छौं । पछिल्लो चरणमा हाम्रो विषेश पहलमा विद्युत प्राधिकरण मार्फत पोल गाड्ने काम थालिएको छ, कार्यकारी निर्देशक कुलमान घिसिङसँग भर्खरै भेटघाट गरेर फर्केपछि हामी छिट्टै गाउँपालिकाका केही छुटेका स्थानहरुमा बिजुली बत्ती पु¥याउने छौं । पूर्वाधारका कामहरुमा हामीले पालिकाकै गौरवको योजना अन्र्तगत वडा नं.७ को महेश्वतादेखी वडा नं. वडानं. ६ र १, २ हुँदै ऐतिहासिक हरिहरपुरगढी जोड्ने सडकको डिपिआरपछि निर्माणको काम युद्धस्तरमा भइरहेको छ । वडा नं. २ को मदनभण्डारी राजमार्गदेखी वडा नं. २ को खलंगाा, कात्तिकेहुँदै महाभारत गाउँपालिकाहुँदै काभ्रेको पनौती जाड्ने सकड जुन ऐतिहासिक पनि छ । दश वर्षे जनयुद्ध शान्ति प्रक्रियाको मुखमा पुग्ने क्रममा माओवादी पार्टीको नेतृत्वमा काभ्रे जिल्लाको घर्तीछाप, फोक्सिङटारदेखी बनखु सल्लेरी र आहालडाँडाका जनतालाई दालमोठ चिउरा खुवाएर, गैंची बेल्चा चलाएर स्टार्टिङ गरेको बाटोको रुपमा हामीले लिएका छौं । अर्को वडा नं. ३ को सुकेहुँदै २ नम्वर प्रदेशको हरिवन जोड्ने सडकलाई पालिकाको गौरवको योजनाका रुपमा लगानीगर्दै आएका छौं । आफ्नै लगानीमा रंगशाला निर्माण गरेकाछौं, थोरै काम बाँकीछ, यही कार्यकालमा काम सम्पन्न हुँदैछ । दुग्ध चिस्यानहरु सञ्चालनमा ल्याएका छौं । दुधमा आत्मनिभएर बनेकाछौं । कृषि उपज कलेक्सन सेन्टरको भवन बनिसकेको छ । कृषि बजार स्थापना भएकाछन् । कृषि, तरकारी, फलफुल र मत्स्य पालनको क्षेत्रमा हामीले लगानी गरिरहेका छौं । हामीले मरिणका वेरोजगार युवालाई मात्रै होइन विदेशिएका युवाहरुलाई स्वदेश फर्काउनेगरी लगानीहरु बढाईदै छ । स्थानीय सकारका समस्याहरु धेरै छन् । योजना बाँडफाँडमा संघीय र प्रदेश सरकारको सौतेलो व्यवहारहरु धेरै छन् । तर पनि सिमिति स्रोत साधानका बावजुत हामीले समाजवादको गन्तव्यलाई पहिल्याउने प्रयत्न गरेका छौं । जसलाई मरिणवासीले अत्यन्त उत्साहका साथ सहयोग र समर्थन गरिरहनु भएको छ । म उहाँहरु प्रति विशेष आभार प्रकट गर्दछु ।