मादक पदार्थ सेवन गरेर चलाएपछि सिन्धुलीको ग्वाङखोलामा ट्रक दुर्घटना, सबै सकुसल (अपडेट)


सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित ग्वाङखोलामा केही बेर अगाडि ना ६ ख ३२८९ नम्बरको १२ चक्के मालवाहक ट्रक पुलबाट तल खसेको छ । धुरावजार प्रवेश गर्नै लाग्दा ट्रक पुलबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । यस अगाडि उक्त ट्रक अनियन्त्रित भएको थियो । विश्वकर्मा पुजा मनाउने क्रममा मादक पदार्थ सेवन गरेका ट्रकका खलासीले रातमाटाबाट ढकालगाउँ तर्फ लैजाने क्रममा पुलबाट तल खसेको ट्राफिक प्रहरी प्रमुख कृष्णवहादुर क्षेत्रीले प्रदेशखबरलाई जानकारी दिए । ट्रकमा रहेका तीनै जना सकुसल रहेको थाहा लागेको छ ।