बिवादास्पद एमसीसी कार्यान्वयन गर्न डा. बाबुराम भट्टराईलाई सामाजिक सञ्जालमा प्रयोग !

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले बिवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग नेपालको आर्थिक रूपान्तर मार्फ़त ग़रीबी निवारणको लागी अनुदान माग गर्नुभएको बिबरण वाहिर आएको छ । एमसिसीले सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गरेको सामाग्रीमा डा.भट्टराईले आफु प्रधानमन्त्री भएको बेला अमेरिकासँग सो अनुदान रकम माग गर्नुभएको एमसिसीले आफ्नो फेसवुक पेजमा लेखेको छ । एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उच्च स्तरीय टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, अर्थमन्त्री जनार्दन शर्मा प्रभावकर र उर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेका बेला भट्टराईको फोटो र उनले गरेको पिएचडिको विषयमा प्रशंसागर्दे उक्त कुरा सार्वजनिक गरिएको हो । यस सम्वबन्धमा बुझ्न डा. भट्टराईलाई सम्पर्क गर्दा फोन उठ्न सकेन ।
एमसिसीको फेसवुक पेजमा यस्तो लेखिएको छ :

MCC Nepal – Facts Only
क्षेत्रीय विकास योजना (Regional Develpment Planning) विषयमा विद्यावारिधी गर्नुभएका डा. भट्टराईले नेपालको गरीबीलाई नजीकबाट नियाल्नुभएको छ र नेपालका आर्थिक संभावनाहरु राम्ररी पर्गेल्नुभएको छ। प्लानिंग एण्ड आर्किटेक्चरमा योजनामा ​​स्नातकोत्तर डिग्री समेत गरेका डा. भट्टराईको विद्यावारिधिको थेसीसको शीर्षक थियो: The Nature of Underdevelopment and Regional Structure of Nepal: A Marxist Analysis. आफु प्रधानमंत्री भएको बेला नेपालको आर्थिक रूपान्तर मार्फ़त ग़रीबी निवारणको लागी एमसीसीको अनुदान माग गर्नुभएको थियो !