नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन कमिटी सिन्धुलीले नवनियुक्त बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवाललाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा आफना कुराहरु राख्दै नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप कटुवालले समग्र बाग्मती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार गर्नु आफ्नो पहिलो कर्तव्य भएको बताउनु भयो ।

उहाँले आफु सिन्धुली जिल्लाकै रहेकाले पनि जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाउन र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड उपचारका लागि बाग्मती प्रदेश सरकारको सहयोगमा निर्भाण भएको सिन्धुलीको शिनगर स्थित आइसोलेसन भवनमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउनका लागि रकम बिनियोजन गर्ने पनि उहाँले जानकारी दिनुभयो । म सिन्धुलीको स्वास्थ्य अबस्था वारे जानकारछु, त्यसैले नाजुक स्वास्थ्य अबस्थामा सुधार ल्याउनका लागि मेरो प्रयास रहनेछ ।

स्वास्थ्य मन्त्री कटुवाललाई स्वागत तथा सफल कार्यकालको शुभकामना मन्तव्य राख्दै एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारीले जिल्लाको स्वास्थ्य संस्थालाई अब्बल बनाउने तर्फ माननीय मन्त्री कटुवालको ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसैगरी अर्का केन्द्रीय सदस्य कमलजंग राईले स्वासथ्यमन्त्री पाएर सिन्धुलीका सबै जनता हर्षित भएको बाउनुभएको थियो भने अर्का केन्द्रीय सदस्य उमादेवी कोइरालाले सरकार सञ्चालनका साथसाथै पार्टीलाई बलियोग बनाउनेगरी कामहरु अगाडि बढाउन शुभकामना दिनुभएको थियो ।

त्यसैगरी वाग्मती प्रदेश कमिटी सदस्य एवम् प्रदेशसभा सदस्य बिनोदकुमार खड्काले आफुहरु सिन्धुली जिल्लालाई एक जना मन्त्री बनाईनु पर्छ भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पटक पटक भेट गरेको स्मरणगर्दै स्वास्थ्यमन्त्री पाएर सिन्धुलीले गर्व गरेको र असम्र सिन्धुलीबासीका तर्फबाट नवनियुक्त मन्त्रीलाई बधाई ज्ञापन गर्नुभयो । एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बधाई तथा शुभकामना दिंदै सिन्धुली जिल्लाको नाजुक रहेका गाउँ गाउँका स्वास्थ्य चौकीहरुलाई सुविधासम्पन्न बनाउने सन्दर्भमा विषेश ध्यान दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन एमाले जिल्ला उपसचिव महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो ।

