नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीबारे सरकार स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा ओलीले बिहीबार यस्तो बताउनुभएको हो । ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताउनुएको थियो ।
विगतमा हामी सरकारमा छँदा तत्कालीन सभामुखले संसदमा पेस नगरिदिँदा अघि बढ्न सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । यसमा प्रतिपक्षीको प्रत्यक्ष भूमिका हुँदैन । सरकारले के कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ । अहिलेसम्म हामीसँग सल्लाह समेत गरेको छैन, एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले भन्नुभयो । भट्टराईका अनुसार सरकारले यसबारे आफूहरुसँग परामर्श गर्नुपर्ने पनि ओलीको धारणा थियो ।

