जसका बिरुद्ध ४० बुँदे मागपत्र बुझाएर हतियार उठायौं, आज उनीहरुसँगै घाँटी जोडेर हिंड्नेहरुसँग जनताले हिसाव खोजिरहेका छन्ः शहिद पत्नी

नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् शहिद पत्नी निरु दर्लामीले बाटो विरामउने र बाटो छोडेर हिंड्नेहरुसँग नेपाली जनताले हिसाव किताव खोजिरहेको बताएकी छिन् । १८ औं विशाल कुमार स्मृति दिवशका सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेकीछन्ः २०५२ सालमा राष्ट्रियता, तनतन्त्र र जनजिविका सवालमा ४० बुँदे माग पत्र बुँझाउँदा त्यस बेला प्रधानमन्त्री शेरवहादुर देउवानैं थिए । त्यसपछि थालिएको जनयुद्धमा १७ हजार नेपाल आमाका होनहार सन्ततिको रगत बग्यो । जनयुद्धका क्रममा उठाइएका मुद्धाहरु अझैं सडकमा छन् । पुरा भएका छैनन् । आज तीनै देउवासँग धाँटी जोडाइले स्पष्ट हुन्छ कि जनयुद्ध अगाडि उठाइएका मुद्धा राष्ट्रियताको नभई आफु चिनिने एउटा अर्धपागलको योजना रहेछ ।

May be an image of 1 person and standing

उनले अगाडी भनेकीछन्ः भन्न लाई त धेरैले भने, आफ्ना मान्छेको शहादातको पीडामा फरक ढंगबाट भावना उर्लिदो रहेछ । बाटो विराउने र बाटो छाडेर हिड्नेहरुप्रति जनताले हिसाब किताब खोजिरहेकाछन् । वास्तविक्ता खोजिरहेका छन् । १७ हजारको वलिदानलाइ साक्षि राखेर धेरै पटक प्रधानमन्त्री र मंन्त्रिहरु बने तर सपनाहरु अधुरै रहे । मृतात्मा त बरु ईतिहास बने । तर जिउँदा आत्माहरु छटपटिएर अर्धमृत बनिरहेका छन् । सपनाहरु तुहाइएका छन् तर पनि बुख्याँचा बनेर उभिएका छन् ।
मलाई भन्न मन लाग्छ हिजो ४० वुँदे मागपत्र पेश गरेर जनयुद्धको नाममा जसको सरकार थियो उसैको विरुद्धमा हतियार उठाएर १७ हजार नेपाल आमाका होनहार सन्ततिको रगत बग्यो । आज उसैसंगको सहकार्य र घाँटी जोडाइले स्पष्ट हुन्छ कि मुद्दा राष्ट्रियताको नभई आफु चिनिने एउटा अर्धपागलको योजनामा होनहार नेपाल आमाका सन्ततिको रगत बग्यो ।
आज भिन्न परिवेसबाट जनयुद्धको यउटा फ्रेजको समाप्त भएको छ । त्यो समाप्त पार्नेकाम सुप्रिमो भनाउँदा बाटनंै भएको छ । १८ औ स्मृति कार्यक्रम आफ्ना मान्छेको सम्झनामा उनले लेखेकी छिन् ।