मृगौला पिडित बसन्त भुजेललाई नेता श्रेष्ठद्धारा आर्थिक सहयोग हस्तान्तरण

नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले राष्ट्रिय युवा संघ नेपाल कमलामाई वडा नं. ९ का अध्यक्ष बसन्त भुजेललाई ७७ हजार ५ सय ६० रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । लामो समयदेखी मृगौला रोगबाट पिडित रहनुभएका युवा नेता भुजेलको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले युवा संघ नेपालका जिल्ला अध्यक्ष देवराज वाइवा र युवा संघका केन्द्रीय सदस्य अरुण पाख्रिन तामाङको संयोजनमा संकलन भएको उक्त रकम नेता श्रेष्ठले परिवारजनलाई जिल्ला पार्टी कार्यालयमा हस्तान्तरण गर्नुभएको हो ।
मृगौता पिडित श्रेष्ठको भारतमा मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

No description available.