एमालेबाट निर्वाचित जनप्रतिनिधि माओवादीमा प्रवेश

नेकपा एमाले जिल्ला सचिवालय सदस्य सन्तली राईको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू माओवादीकेन्द्रमामा प्रवेश गरेका छन् । शनिवार भएको एक कार्यक्रमका बिच नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू माओवादीमा प्रवेश गरेका हुन् ।


हरिहरपुरगढी गाउँकार्यपािलका सदस्य सन्तली राई, हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कमल कुमार राई, वडा नं २ मा निर्वाचित वडा सदस्यहरू दुर्गा बहादुर राई, ज्ञानेन्द्र राई माओवादीमा प्रवेश गर्नु भएको हो । एमालेबाट वडा नं. ८ मा वडा सदस्य निर्वाचित भएका जङ्गबहादुर माझी पनि माओवादी केन्द्रमामा प्रवेश गर्नु भएको छ ।
साथै नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ७ का वडा कमिटि अध्यक्ष मोहन बहादुर रखाल, नेकपा एमाले हरिहरपुरगढी गाउँ कमिटि सदस्य पेमाध्वज लामा र वडा नं. ८ कमिटि सदस्य रत्न बहादुर अस्थानी माओवादीमा प्रवेश गर्नु भएको छ ।