महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।
प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनसँग २५ हजार रुपैयाँ माग गरिएको थियो । फेसवुक म्यासेन्जरबाट अत्यन्त जरुरी भयो, अध्यक्षज्यू मलाई २५ हजार रुपैयाँ आवश्यक परो भन्दै माग गरिएको थियो । कहिल्यै त्यस्तो कुरा नगर्ने प्रतिष्ठित व्यक्तिबाट रकम माग भएपछि साँच्चै समस्या भएछ भन्दै अध्यक्ष बम्जनले म्यासेज मार्फत पठाइएको खातामा रकम पठाई दिनुभयो । रकम पठाएको केही समयपछि मलाई त रकम अलि पुगेन २५ हजार पठाई दिनुन भन्दै फेरी अर्को म्यासेज पठाएपछि त शंका लागेर अध्यक्ष बम्जनले उपेन्द्र न्यौपानेलाई फोन गरेर सोधेपछि भने आफु ठगिएको थाहा पाउनु भएको थियो । न्यौपानको फेसुवुक अकाउन्ट ह्याकगरी रकम माग गर्ने गिरोह सिन्धुलीकै व्यक्ति भएको र अर्कैको खातामा रकम जम्मा गर्न लगाएर रुपैयाँ झिकिसकेको बताइएको छ । सिन्धुली प्रहरीले यो घटनालाई छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।










