समाजवादी केन्द्र निर्माण गर्न जसपा नेता खतिवडाको प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डम्बर खतिवडाले समाजवादी केन्द्र निर्माण गर्न प्रस्ताव गरेका छन्।

जसपा प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले धेरै कम्युनिष्ट पार्टी बनाएर केही फाइदा नभएको जिकिर गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ओली, दाहाल, नेपाल, खनाल, मैनाली, बिजुक्छे, एमबी, बैद्य, बिप्लव, कट्टेल, किराँती, आहुती ईत्यादी कम्युनिस्ट पार्टी कति कति। परिणाम हात लागि शून्य।’

धेरै कम्युनिष्ट पार्टी बन्दा परिमाण आउन नसकेको उनको भनाइ छ। बरु यसले गर्दा कुशासन र गरिबी बढेको उनको ठहर छ।

त्यसले अब समाजवादी केन्द्र बनाउनुपर्ने उनको तर्क छ। उनले भनेका छन्, ‘समाजवाद चाहिएको भए, समाजवादी केन्द्र बनाऔं।’

साम्यवाद जपेर केही नहुने उनको भनाइ छ। ‘स्वार्थ र अहम् कै लडाई भए, साम्यवाद जपेर हुने खै के रहेछ र?,’ खतिवडाले भनेका छन्।