सिन्धुली बहुमुखी क्यापसमा विद्यार्थीहरुको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मातृ संगठन अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटिले आज सरकारले जारी गरेको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ । सिन्धुली जिल्लाकै ठूलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनपछि आयोजित कार्यक्रमलाई अनेरास्ववियुका जिल्ला अध्यक्ष कृष्ण मोक्तान, एमाले नगरकमिटी अध्यक्ष एवम् युवा नेता महेन्द्रदेव श्रेष्ठले सम्वोधन गरेका थिए ।