स्वास्थ्य मन्त्रालयको सचिवको निर्देशनमा पूर्व सचिव उपाध्याय गिरफ्तार

सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।

ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जालबाट सरकारको  तीव्र आलोचना गरिरहेका उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा बहस भएको थियो । उनको गिरफ्तारीमा स्वास्थ्य मन्त्रालयका सचिवको मुख्य भूमिका रहेको बताइन्छ ।