नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३सम्म तय, सात तहको अधिवेशन तोकियो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुने भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। बैठकले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

यद्यपि वडा तहका अधिवेशन भने भदौ १८ मै सुरु हुनेछन्। बैठकमा संस्थापन पक्षले मंसिरमा सुरु गरेर माघसम्म महाधिवेशन सक्ने प्रस्ताव ल्याए पनि पौडैल पक्षले भदौमै सुरु गर्न दबाब दिएको थियो।

कांग्रेस नेतृ डिला संग्रौलाका अनुसार क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ भित्र बुझाउनुपर्नेछ।यस्तो छ कार्यतालिका:

१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२

२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२

३. वडा अधिवेशन : २०७८/५ / १८

४. गाउँ/नगर पालिका: २०७८/५/२७

५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१

६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५

७. जिल्ला : २०७८/६/१०

८. प्रदेश: २०७८/७/१०-१२

९. केन्द्रीय : २०७८/८/ ९-१३