सिन्धुली सदरमुकाममा लटरम्म फलेको जुनार (फोटो फिचर)

जुनार विकास संघ सिन्धुलीले आज सदरमुकाममा जुनारको प्रतिमा निर्माण गरेको छ । संघले ९५ हजार ५ सय रुपैयाँको लागतमा आज साँझ लटरम्म जुनार फलिरहेको बोट आफ्नै भवन अगाडि प्रतिस्थापन गरेको हो । संघका अध्यक्ष कर्णवहादुर आलेले सदरमुकाममा रहेको संघको कार्यालय अगाडि सिन्धुलीको पहिचानको रुपमा रहेको जुनारको बोट राख्ने आफ्नो चाहना आज पुरा भएको बताए । अध्यक्ष मगरले सिन्धुली सदरमुकाम आउने जो कोहीलाई जुनार संघ अगाडि राखिएको लटरम्म फलेको बोटले लोभ्याउने बताए ।

No description available.
No description available.
May be an image of fruit