सिन्धुलीको तीनपाटन गाउँपालिकाको कार्यपालिकाले पालिका अध्यक्ष कर्णवहादुर मगर एक्लैले भेरिएसन गराई १५ प्रतिशत रकम थप गर्ने सम्बन्धी आफ्नो एकल अधिकार रहेको बताइरहेका बेला कार्यपालिका सदस्यहरुले अध्यक्षलाई त्यस्तो कुनैपनि अधिकार दिनेगरी निर्णय नभएको प्रष्ट पारेकाछन् । गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ, गाउँपालिकाका प्रवक्ता दिनेश रमौलीसहित कार्यापालिकाका बुहमत वडाध्यक्षहरुले बिहिवार एक विज्ञप्ती मार्फत साउन २२ गते अध्यक्ष मगरले निकालेको प्रेस विज्ञप्तीमा उल्लेखित कानूनी प्रावधानहरु जालसाजी र र किर्ते रहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।
जारी विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तैः
तीनपाटन गाउँकार्यपालिकामा प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुको तर्फबाट जारी गरिएको
संयुक्त प्रेश विज्ञप्तीको पूर्ण अंशः
सिन्धुली जिल्ला अन्तर्गत तीनपाटन गाउँपालिकाको प्रशासनिक भवनको विषयलाई लिएर तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले मिति २०७८÷०४÷२२ गते जारी गरेको प्रेस विज्ञप्ती प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । कार्यपालिका सदस्यको रुपमा हामीले गरेको छलफल र निर्णयको आधारमा यस सम्बन्धमा सत्यतथ्य विवरण निम्न वमोजिम रहेको सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
तपशिल
१. मिति २०७७÷०३÷०२ को कार्यपालिकाको बैठकबाट सार्वजनिक खरिद नियमावली २०७७ पारित भएको छैन ।
२. मिति २०७७÷०३÷२८ को गाउँसभामा अनुमोदनको लागि सार्वजनिक खरिद नियमावली २०७७ प्रस्तुत गरिएको छैन । यसलाई गाउँपालिकाको निती कार्यक्रम तथा बजेट ०७७÷०७८ को पुस्तिकाको पेज नं. २५,२६, र २७ मा हेर्न सकिन्छ ।
३. मिति २०७७÷१०÷१८ को कार्यपालिका बैठकबाट भेरियसन आदेश स्वीकृत गर्ने निर्णय भएको छैन ।
४. मिति २०७७÷१०÷१९ को कार्यपालिका बैठकमा प्राविधिक, कन्सलटेन्ट र निर्माण व्यवसायीलाई बोलाई छलफल गर्ने निर्णय गरिएको छ ।
५. मिति २०७÷०३÷०८ को कार्यपालिका बैठकमा सार्वजनिक खरिद नियमावली २०७७ को प्रस्ताव पेश नभएको, छलफल र निर्णय नगरिएकोमा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले अनाधिकृत रुपमा सो सम्वन्धि प्रस्ताव र निर्णयको झुटो माइन्युट राखेको पाइयो । अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको यस्तो कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौं ।
६. गाउँकार्यपालिकाको कुनैपनि बैठकमा गाउँपालिका अध्यक्ष एक्लैले भेरियसन गराई १५ प्रतिशत रकम थप गर्नपाउने प्रावधान सम्बन्धि छलफल र निर्णय गरिएको छैन ।
हस्ताक्षर कर्ताहरुः
१. पदममायाँ तामाङ (उपाध्यक्ष तीनपाटन गाउँपालिका
२. गोविन्द राउत ( वडाध्यक्ष वडा नं १ )
३. हेमबहादुर श्रेष्ठ ( वडाध्यक्ष वडा नं. २)
४. दिनेश कुमार रमौली ( वडाध्यक्ष वडा नं ५)
५. कोमल बहादुर खपाङ्गी ( वडाध्यक्ष वडा नं ७)
६. रेखराज अधिकारी ( वडाध्यक्ष वडा नं ८)
७. शेरबहादुर मगर ( वडाध्यक्ष वडा नं. ९)
८. हितलाल श्रेष्ठ ( वडाध्यक्ष वडा नं. ११)
९. जगदिश्वर तोलाङ्गी ( कार्यपालिका सदस्य वडा नंं १०)
१०. देवमाया श्रेष्ठ ( कार्यपालिका सदस्य वडा नं २)
११. दुधकुमारी ठकुरी ( कार्यपालिका सदस्य वडा नं.
१२. गीतामाया थापा मगर ( कार्यपालिका सदस्य)
१३. भगवतीकुमारी श्रेष्ठ ( कार्यपालिका सदस्य)
मिति २०५ श्रावण २६
यो पनि समाचार
तीनपाटनका अध्यक्ष भन्छन्ः ठेकेदारलाई थप रकम दिनु मेरो अधिकार हो, उपाध्यक्ष भन्छिन्ः निर्माण सम्पन्न नहुँदै थप रकम दिनु गैर कानूनी
२७ श्रावण २०७८, बुधबार १३:०३


सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम बिनियोजन गर्नै नाममा पालिका सदस्यहरुले सहमति नदिएपछि रोकिएको कार्यपालिका बैठकनैं बस्न नसकेको विषयमा प्रकाशित समाचारवारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले भनेकाछन्ः ठेकेदार कम्पनी एएम पाइनस जेभिसँग २०७६ माघ ९ गते ४ करोड ८२ लाख ८ हजार २६० रुपैयाँ ५० पैसामा २०७९ साल असार २५ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो । उक्त भवन निर्माणको क्रममा ड्रइङ डिजाइनमा उल्लेख भएको तर लागत इष्टिमेटमा आरसीसी ढलान, पिल्लर, फर्मा, डण्डीलगायतको परिमाणमा कमी भएकाले गाउँपालिकाले भेरियसन गरेको दाबी गरेकाछन् । गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को नियम १२७ (१) बामोजिम कुल लागतको १५ प्रतिशत गाउँपालिका अध्यक्षले ठेकेदार पक्षलाई थप रकम निकासा दिन सक्ने प्रावधानअनुसार नै स्वीकृत गरिएको दावी उनले गरेकाछन्। ‘गाउँकार्यपालिकाले सर्वसम्मत रुपमा पास गरेको सोही नियमावलीको प्रावधान अनुसार गाउँसभाबाट निर्णय गरी प्राविधिक नापजाँच तथा मूल्यांकनका आधारमा गत वर्षको चैत ४ गते ७१ लाख ५१ हजार १८७ रुपैयाँ भेरियस आदेश स्वीकृत गरिएको हो,’ बिज्ञप्तीमा उल्लेख गरेका छन् । नियमावलीमा रहेको प्रावधानअनुसार भेरियसन रकमसमेत स्वीकृत गरी हालसम्म गाउँपालिका भवनको जम्मा लागत ५ करोड ५३ लाख ५९ हजार ४४७ रूपैयाँ हुन आएको गाउँपालिकाले जनाएको छ । यस अघि पालिकाले ठेकेदार पक्षसँग ४ करोड ८२ लाख ८ हजार २ सय साठी रुपैयाँ २६ पैसामा ठेक्का संझौता गरेको थियो भने पालिका भवनको निर्माणका काम स्थानीय स्तरमा पालिका अध्यक्ष थापाको आफ्नै भाईले गरिरहेका छन् । अध्यक्षले जारी गरेको बिज्ञप्तीमा अगाडि लेखिएको छः हालसम्म संघीय समपूरक कोष तथा गाउँपालिकाको स्वीकृत बजेटबाट कार्यसम्पादन मूल्यांकन बमोजिम ३ करोड २३ लाख ९९ हजार १४२ भुक्तानी भइसकेको छ । ‘चालु आर्थिक वर्षको लागि संघीय सरकारबाट ६९ लाख रूपैयाँ बजेट प्राप्त भएको छ,’ उनले लेखेकाछन्, ‘२०७९ असार २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने भएकाले नपुग एक करोड ६० लाख ६० हजार रूपैयाँ गाउँपालिकाले विनियोजन गर्नुपर्ने प्रस्ताव गाउँकार्यपालिकामा रहेको विषयमा अनावश्यक हल्ला फैलाइएको छ ।’
रकम बिनियोजन गर्ने बैठकमा अध्यक्ष मगरले भवन निर्माणमा १ करोड ६० लाख रकम अपुग हुने भन्दै छुट्याउने प्रस्ताव गरेपछि बहुमत पालिका सदस्यहरुले सो प्रस्तावलाई अस्वीकार गरेका थिए । हामी कुनै पनि हालतमा थप रकम दिन सक्तैनौं भनेर सदस्यहरुले अडान लिएपछि अहिलेसम्म तीनपाटन गाउँपालिकाको विकास योजना र रकम पारित भएका छैनन् ।
गाउँपालिकाको भवन निर्माणका क्रममा गुणस्तरहिन सामाग्री प्रयोग भयो भन्दै उपाध्यक्ष पदममायाँ तामांगलगायत पालिका सदस्यहरुले पटक पटक अध्यक्ष मगरलाई सचेत गराउँदा पनि सो क्रम नरोकिएको र अहिले ठेकेदारका नाममा थप ठेढ करोड रुपैयाँ निकासा गर्न खोजिएपछि त्यसको चर्को आलोचना भएको हो ।
निर्माण कम्पनीका तर्फबाट हामीलाई ठेक्का संझौता अनुसारको काम सकेर जिम्मा नलगाई कसरी भवन निर्माणमा घाटा लाग्यो भनेर विश्वास गर्ने ? पहिला त भवन जिम्मा लगाउनु पर्यो, नपुग भएको भए आवेदन गर्नुपर्यो ती सबै काम नभई कानून भन्दा बाहिर गएर कसरी जनताले तिरेको करबाट डेढ करोड रुपैयाँ छुट्याउन मिल्छ ? पालिका उपाध्यक्षको भनाई थियो ।
स्मरणीय छ निर्माणको जिम्मा लिएको एएम पाइनसजेभीका भरत कार्कीले तीनपाटन गाउँपालिकाको भवन निर्माण संझौता अनुसार काम गर्दा घाटा लागेको भनेर रकम माग नगरेको बताइसकेका छन् । यस्तो अबस्थामा पालिका अध्यक्ष मगरले ठेकेदारका नाममा थप रकम दिनकालगि कार्यपालिका सदस्यहरु माथि दबाब सिर्जना गरेपछि सर्व साधारण नागरिकहरु चकित परेकाछन् ।

यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।