पछिल्लो २४ घण्टामा २५४८ संक्रमित थपिए, २०२९ जना संक्रमणमुक्त, ५५ जनाको मृत्यु

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पिसिआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २ हजार २९ जना कोरोना संक्रमणबाट निको भएका छन् भने ५५ जनाको मृत्यु भएको छ।

थपिएकोसहित कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ३ सय ५५ जना पुगेको छ। जसमा पिसिआरबाट ७ लाख १४ हजार ८ सय ७७ जना र एन्टिजेनबाट ६८ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो। 

हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ रहेको छ। मृत्यु हुनेको संख्या भने १ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमित ३५ हजार ४ सय ८५ जना छन्।  तीमध्ये देशभर ८ सय २ जना आईसीयु र १ सय ८१ जना भेन्टिलेटरमा उपचाररत छन्। 

होम आइसोलेसनमा ३१ हजार ९ सय ६३ जना हुँदा ३ हजार ५ सय २२ जना संस्थागत आइसोलेसनमा र ४ सय ७५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।