राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय उद्घाटन

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ ।

नेपाली सेनाले झण्डै सात करोडको लगानीमा निर्माण गरेकाे युद्ध सङ्ग्रहालयकाे राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।

May be an image of 2 people and people standing

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तक राखिएको छ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए।

May be an image of 3 people and people standing

नेपाल एकीकरणका क्रममा विसं १८२४ अशोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन्।