राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्राहालयको उद्घाटनगर्दै

ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण कार्य सम्पन्न भएसँगै एका औपचारिक कार्यक्रम गरी आज विहान ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैहुनुहुन्छ । वि.सं. १८२४ मा नेपालमाथि धावा बोलेका अंग्रेज फौजलाई परास्तगरी गोरखाली सेनाले विजय प्राप्त गरेको स्थल सिन्धुलीगढीमा निर्माणसम्पन्न भएको युद्ध संग्रहालयको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलवार साँझनैं प्रधानसेनापति पूर्णचन्द्र थापा सिन्धुली आइपुग्नुभएको छ भने उहाँले आज हुने कार्यक्रमको सुरक्षा व्यवस्था र तयारीका सन्दर्भमा जानकारी लिनुभएको सिन्धुली स्थित नेपाली सेनाको वर्दबहादुर गणले जनाएको छ ।

आज विहान ८ बजे संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुलीगढीमा आउनुहुने वर्दबहादुर गणका गणपति विजय थापाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपतिको सुरक्षा लगायत व्यवस्थापनका सम्पूर्ण कामहरु पुरा भइसकेको छ । नेपाली सेनाले करिब ७ करोडको लगानीमा बनाएको युद्ध संग्रहालय भवन र डेकोरेसनको सम्पूर्ण काम सकिएको र आजको कार्यक्रममा प्रधानसेनापति थापा, संघिय सांसद गणेशकुमार पहाडी, प्रदेश सांसदहरु प्रदीप कटुवाल, राजन दाहाल, र बिनोद खड्काको सहभागिता रहने बताइएको छ । बिं. सं. १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा रहेको गोर्खाली सेनाले परास्त गरेको इतिहासछ । यो संग्राहालय नेपालकै पहिलो मानिएको छ । तत्कालिन समयका पत्रहरु, सिन्धुलीगढी युद्धको टाईम लाईन, गोरखाली सेनाको नजरमा युद्धको सिनारियो, सिन्धुलीगढी युद्धका डकुमेन्ट्रीहरु, चरणवद्ध युद्धका चित्रहरु, तत्कालिन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालिन हातहतियार, अंग्रेज फौजले प्रयोग गरेका तोप, नेपाली योद्धा, नेपाली योद्धाका आर्ट तस्वीरहरु, मिथिला आर्ट,स्तम्भहरु, युद्धकालिन शिलालेखहरु, ऐतिहासिक दस्तावेज, इतिहासका पुस्तकालय संग्रहालयमा राखिएको छ । संग्रहालयमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक, पृथ्वीनारायण शाहका दिव्योपदेशलाई समेत व्यवस्थित गरिएको थापाले कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बताउनुभयो । नेपाली सेनाको वर्दबहादुर गणले निर्माण सम्पन्न गरेको युद्ध संग्राहालय व्यवस्थापनको जिम्मा आजैबाट कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने सेनाले जनाएको छ । यो संग्रहालय सञ्चालन व्यवस्थापनको जिम्मा नगरपालिका मातहत रहने नगरप्रमुख खत्रीको भनाई छ । नगरपालिकाले त्यसका लागि आवश्यक सञ्चार उपकरणसमेत भोलीबाटै सञ्चालनमा ल्याउँदैछ ।


ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सा समेत सिन्धुलीगढी युद्ध संग्रहालयमा राखिएको छ । २०७३ कार्तिक २४ गते तत्कालिन उपप्रधानमन्त्री तथा
रक्षामन्त्री इश्वर पोखरेलले युद्ध संग्रालयको शिलान्यास गरेसँगै निर्माणले तीव्रता पाएको थियो । त्यस्तै कमलामाई नगरपालिकाले संग्रहालय अगाडि सिन्धुलीगढी युद्धका योद्धाहरु वंशु गुरुङ, वंशराज पाण्डे, श्री हर्ष पन्त र विरभद्र उपाध्यायको संयुक्त शालिक निर्माण गरि प्रतिस्थापन समेत गरेको छ । उक्त शालिकको प्रधान सेनापति थापाले आजनंैं उद्घाटन गर्दै हुनुहुन्छ । नगरपालिकाको ४९ लाख लागतमा उक्त शालिक निर्माण गरेको हो ।
स्मरणीय छः नेपाल सरकारले सिन्धुलीगढीलाई १ सय पर्यटकीय गन्तव्य स्थानमा सूचिकृत गरेको छ । सिन्धुलीगढीको रानी दरबारको पुननिर्माण सुरु भएको छ । वागमती प्रदेश सरकारले रानी दरवार निर्माणका लागि यो वर्ष ४ करोड २४ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । यस्तै सिन्धुलीगढी हिल स्टेशन निर्माणका लागि प्रदेश सरकारले १ करोड ८६ लाख ७० हजार बजेट विनियोजन गरेको छ । सम्पूर्ण निर्माणको काम सकिएसँगै पर्यटकले सिन्धुलीगढी दरबार क्षेत्र अवलोकन गर्ने र वार्षिक ३ करोडसम्म आम्दानी हुने कमलामाई नगरपालिकाले अनुमान गरेको छ ।