रामेछापको सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष बाबुराम तामाङले गएको असार २७ गते दिउँसो सिन्धुलीको सुनकोशी गाउँपालिका ३ झाँगाझोलीमा भएको सवारी दुर्घटनापछि आफ्नो नाम जोडिएर आएको समाचार प्रति दुखी भएको बताउनु भएको छ । सडक दुर्घटनापछि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको वडा कार्यालयको प्रदेश ३–०२–००१०११४७ मोटरसाइकल लिन आउने सन्दर्भमा पटक पटक प्रहरीसँग कुराकानी भइरहेको र निर्माण कम्पनी आत्रेय निर्माण सेवाका सञ्चालकसँग पनि भेटघाट र कुराकानी भएको सन्दर्भमा मोटरसाइकल अलपत्र भन्दै समाचार प्रकाशन भएपछि आफु दुखी भएको बताउनु भएको हो ।
नेपालथोकबाट मुलकोट तर्फ जाँदै गरेको को बा.१८च.८९६६ नम्बरको हाइलक्स र लाई सुनापति गाउँपालिका वडा नंं ३ का को प्रदेश ३–०२–००१०११४७ नम्वरको विपरित दिशाबाट आएको पल्सर ठोक्किएको थियो । दुर्घटनापछि मोटरसाइकल चलाउने मनोज मोक्तानको दायाँ गोडा तथा मुखमा चोट लागेपछि उपचारका लागि काठमाडौ पठाइएको थियो । हाइलक्सको अघिल्लो भागका क्षति पुगेको थियो । मोटरसाइकलको पनि अगाडिको भाग क्षति भएको प्रहरीले घट्नास्थलमा
गरेको मुचुल्काले प्रष्ट पारेको छ । घटना लगात्तै प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । वडाध्यक्ष तामाङले भोली प्रहरी कार्यालय जाने बताउनुभयो । उहाँले मोटर साइकल चालक आफ्नो कार्यालय सहयोगी रहेको र उनको उपचारमा आफु संलग्न भएकाले तत्कालै पस्थित हुन नसकेको टेलिफोन मार्फत जानकारी दिनुभयो ।