गएको असार २७ गते दिउँसो सुनकोशी गाउँपालिकाको झाँगाझोलीमा भएको सो घटनाले पुष्टि गरेको छ ।
नेपालथोकबाट मुलकोट तर्फ जाँदै गरेको आत्रेय निर्माण सेवाको बा.१८च.८९६६ नम्बरको हाइलक्सलाई सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष तामाङले चढ्दै आएको प्रदेश ३–०२–००१०११४७ नम्वरको विपरित दिशाबाट आएको पल्सरले ठक्कर दिएको दुई साता बितिसक्दासमेत प्रहरी कार्यालयमा सम्पर्कमा नआएको आरोप लागेको छ ।

दुर्घटनापछि मोटरसाइकल चलाउने मनोज मोक्तानको दायाँ गोडा तथा मुखमा चोट लागेको र हाइलक्स गाडीको अगाडिको भागका क्षति पुगेको थियो । माटरसाइकलको पनि अगाडिको भाग क्षति भएको प्रहरीले घट्नास्थलमा गरेको मुचुल्काले प्रष्ट पारेको छ । घटना लगात्तै प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर घाइते बनेका मोटरसाइकल चालकलाई उपचारका लागि काठमाडौ पठाएको थियो ।

मोटरसाइकल चालक मोक्तानसँग न त सवारी चालक अनुमति पत्र थियो नत ब्लु बुकनैं । उनीसँग दुर्घटनास्थल पुगेको प्रहरीले कागजपत्र माग्यो तर उनीसँग केही पनि थिएन ।
खुर्कोट प्रहरीले पटक पटक वडाध्यक्ष तामाङलाई बोलाउँदा भोली आउँछु पर्सि आउँछु भन्दै ढाँटीहरेको आरोप लाग्न थालेको छ । गाउँपालिकाको नाममा दर्ता कायम रहेको मोटर साइकल लामो समयसम्म पनि खोजी गर्न नआउनुलाई स्थानीय बासिन्दाले शासन सत्ताको पहुँच भन्दै टिप्पणी गर्न थालेका छन् ।

यसैबीच वडाध्यक्ष तामाङले सो दुर्घटनावारे आफुले जानकारी पाएको र एक दुई दिनभित्रै प्रहरी कार्यालय जाने बताएकाछन् । प्रदेशखरसँग कुराकानीगर्दै उनले मोटर साइकल चालक आफ्नो कार्यालय सहयोगी रहेको र उनको उपचारमा आफु संलग्न भएकाले प्रहरीले बोलाए लगत्तै पस्थित हुन नसकेको बताए ।

मोटरसाइकल चालक कार्यालय सहयोगी बताएपनि घटनास्थलमा पुगेका प्रहरीले उनी सुनापति गाउँपालिका वडा नं. ३ का कार्यालय सहयोगी हुन् भन्ने कुनैपनि कागजात वा तथ्य फेला परेको थिएन । तर वडाध्यक्ष तामाङले सवारी चालक कार्यालय सहयोगीनैं रहेको जिकिर गरेका थिए । तर प्रहरी भने उनी कार्यालय सहयोगी हुन् भन्ने कुरामा शंका गरिरहेको छ ।