प्रदेश न. २

रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ। कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए। वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा...
कोरोना विशेष अस्पतालले पनि भर्ना नगरेपछि पर्सामा एक गर्भवती कोरोना संक्रमित महिला घरमै बसेर उपचार गराउन बाध्य भएकी छन्। वीरगञ्ज महानगरपालिका २४ रामगढवाकी २६ वर्षकी गर्भवती महिलालाई कोरोना विशेष अस्पतालले पनि भर्ना नगर्दा उनी अहिले घरमै बसेर उपचार गराउनु परेको...
सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ। शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं‍ ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम समुदायबीच...
जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ। जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको...
सिरहा कारागार कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ। क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ । सुकुम्बासी समस्या समाधान आयोगका सदस्यले सार्वजनिक जग्गा निजीकरण गरी मारुती सिमेन्ट उद्योगका सञ्चालकको नाममा बिक्री गरेको पाइएपछि स्थानीयहरु सिमेन्ट उद्योग बिरुद्ध संघर्षमा उत्रिएका छन् । आयोगका सदस्यहरुले सिरहाको...
प्रहरीको यातनाको कारण हिरासतमा रहेका युवकको मृत्यु भएको भन्दै तत्कालिन प्रहरी उपरीक्षकसहित ६ जना विरुद्ध सरकारी वकिलको कार्यालय रौतहटमा जाहिरी दर्ता भएको छ। गरुडा नगरपालिका वडा नं. ५ जिगडियाका ५२ वर्षीय पनिलाल चमारले ईलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तको...
भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर ल्याइएका समान नियन्त्रणमा लिएको हो । नदाफले तस्करी गरी ल्याएका समान...
स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता तथा भ्रष्टचारका विषयहरु सार्वजनिक हुनु नौलो कुरा हाेइन। उदयपुरको रौतामाई गाउँपालिकामा  पनि कर्मचारीले जनप्रतिनिधिलाई नै गुम्राहमा पारेर ३४ लाखको औषधि तथा सर्जिकल सामाग्री खरिद प्रक्रिया अघि बढाएकाे पाइएकाे छ । उक्त सामाग्री खरिदमा...
- Advertisement -

भरखरै प्राप्त