संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आफू व्यक्तिगत भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर मन्त्री बन्न आइपुगेको बताउँदै पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पनि पारदर्शी रूपमा सम्पनन भएको हेर्न चाहेको बताएका छन्।
पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्ने क्रममा आज...
महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ।
आइतबार बिहानकाे मापन...
नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना भाइसको संक्रमणबाट निधन भएको छ।
उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ।
उनी...
स्याङ्जा:आँधीखोला तर्ने क्रममा बगेका एक युवक मृत भेटिएका छन्।
पुतलीबजार नगरपालिका–४ राङ्कोषका टेकबहादुर थापा शनिबार मृत भेटिएका हुन्। प्रहरीको टोलीले उनलाई मृत भेटेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
आँधीखोला तरेर पारी जाने क्रममा बगाएको थियो।...
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।
आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृत्यु हुनेमा भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय...
चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले चारैतिरबाट पानी कटाउन थालेपछि नेपालमा खतरा कम भएको छ ।
एकै पटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । ...
तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन्। जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन्। त्यसपछि घट्दै घट्दै गएको छ। जेठ ३० र ३१ गते ९०/९० जनाको परीक्षण भएको छ।
जिल्लामा भेरी अस्पताल,...
मर्स्याङ्दी नदी । फाइल फोटो
सीमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको बहाव खुलाउन चिनियाँ टोली परिचालन भएको छ।
तामाकोशी नदीको सहायक नदी रोङसी थुनिँदा बाँध फुटेर कुनै पनि बेला नेपालको दोलखासहितका जिल्लामा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सरकारले बजेटमार्फत् उक्त योजना ल्याएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित...












