बाराको जगदम्बा स्टिलमा आगलागी, दुई जना मजदूरको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।

आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृत्यु हुनेमा भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतो रहेका छन्।

कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको उनले बताए।

‘वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको हो,’ उनले भने, ‘आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको छ।’

वेल्डिङ गर्ने क्रममा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट भएको थियो।