सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो।
यस्तै र्यापिड...
लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।
कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका...
कोरोना संक्रमित भएर शहीद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएकी प्रसिद्धि श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
पूर्ण रुपमा स्वस्थ भएपछि शनिबार कोरोना संक्रमित श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको हो। डिस्चार्ज भएसँगै प्रसिद्धि घर फर्केकी छन्।...
प्रधानमन्त्री केपी शर्मा ओलीले यदि कोही खान नपाएरै गाउँ जान लागेको भए उनीहरुलाई खाद्यान्न पुर्याउने व्यवस्था गर्नु पर्ने बताएका छन् ।
लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए...
शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ।
यीमध्ये...
मरिण गाउँपालिकाले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै पालिकाभित्र खाद्य सामाग्री यायात र निर्यातमा रोक लगाएको एक साता बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सवारी पास लिएर मालवहाक सवारी साधान कपिलाकोट पुगेपछि खैलाबैला मच्चिएको छ ।तारा खाद्यान्न ढुवानी सप्लायर्सका...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो।
मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक...
महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ।
मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको जानकारी दिए।
यसअघि...
नेपालगञ्ज – बाँकेको जमुनाहास्थित दशगजामा टेन्ट टाँगेर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्ट टाँगेर राखेका थिए । १६ औं दिन आज...