संसद् बैठकअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बस्न लागेको छ।
आज दिउसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको छ।
परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नु पर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने जनाएको छ। अहिले सत्तामा आएको कांग्रेस यसअघिका तीन वर्ष प्रतिपक्षमा थियो। सांसदहरुले त्यहिअनुसार भूमिका खेल्दै आएका थिए।











