पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको विविसीले समाचार लेखेको छ ।
प्रदर्शनको क्रममा लुटपाट समेत भएको छ । सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति भएको लुटपाटको क्रममा भएको भागदौडका कारण १० जना मारिएका थिए ।
भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँदै गरेको देखिएको बिबिसीले उल्लेख गरेको छ । सो शिशुलाई भिडमा रहेकाहरुले समातेका थिए ।


बच्चालाई क्वाजुलु नटाल राज्यको डर्बनस्थित एक अपार्टमेन्टमा फसेका मानिसहरूको सहयोग गर्नका लागि पुगेको भिडले समातेको थियो।
भुईँ तलामा रहेका पसलहरू लुट्ने क्रममा गरिएको आगजनीले माथिका तलामा रहेकाहरूलाई प्रभाव पारेको थियो। बच्चालाई समातेपछि भवनमा रहेका अन्य मानिस र बालबालिकाको उद्धार गर्नका लागि भर्याङ खोज्न लागिपरेका थिए।
भवनबाट फ्याकिएका बच्चा र उनकी आमाको पछि पुनर्मिलन भयो। आगलागी नियन्त्रण गर्नका लागि करिब २० मिनेटपछि अधिकारीहरू आइपुगेका थिए।











