बाग्मती प्रदेशसभा सदस्य विनोद खड्काको पहलमा सुनकोशी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १० करोड रुपैयाँका विभिन्न योजनाहरु सञ्चालनमा आएको पाइएको छ ।
चालु आर्थिक वर्षको समापनका अबसरमा आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रम र उनकै पहलमा प्रदेश तथा संघीय सरकार मार्फत सुनकोशी गाउँपालिकाका विभिन्न वडाहरुमा बिनियोजन गरेको १० करोडका विभिन्न योजनाहरुको अनुगमन गर्न आइपुगेका खड्काले केही योजना भने निर्माणको चरणमैं रहेको बिहिवार बताएका छन् ।
सिन्धुलीगढी, नागी मझुवा, ग्वाङखर्कहुँदै काफ्ले चौर सडकको अनुगमनपछि सुनकोशीको रामटार आइपुग्नुभएका खड्काले २ आफ्नो निर्वाचन क्षेत्रको सुनकोशी गाउँपालिकाको ७ नम्वर वडादेखी २ नम्वरवडासम्म उक्त सडक सञ्जालले जोडिने खुलासा पनि गर्नुभयो ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सुनकोशीमा १५ वटा योजना मध्ये २ वटा पुल निर्माणको कामभने भइरहेको र एउटाको टेण्डर प्रक्रिया पुरा भइसकेको बताउनु भयो । उहाँका अनुसार सडक, सिंचाई, विद्युत, खेलमैदान, सामुदायिक भवन र पुलका कामहरु सांसद पुर्वाधार विकास कार्यक्रम अन्र्तगत भएका छन् ।
आफु निर्वाचित भएपछि हालसम्म सुनकोशी गाउँपालिकामा मात्रै आफ्नो पहलमा ५० करोडका विभिन्न योजनाहरु सम्पन्न भइसकेको र त्यसले जनताको जीवनस्तर माथि उकास्न उलेख्य रुपमा मद्दत गरेको सांसद खड्काको भनाई थियो ।
रामटारमा सिंचाई कुलोको स्थलगत अध्ययनका क्रममा निर्माणपक्षलाई कमजोरी औंल्याउँदै गुणस्तरमा कुनै पनि संझौता गर्न नसकिने र जनताको विकासमा प्रत्यक्ष जोडिएको विषयमा नमुना काम गरेर देखाउन आग्रहसमेत गर्नुभएको थियो । हामीले जनताको जीवनस्तर माथि उठाउने खालका योजनाहरु प्रदेश सरकार मार्फत समुदायमा ल्याइपु¥याएको बताउँदै गुणस्तरीय काम गरेमात्रै जनताको मन जित्न सकिने उल्लेख गर्नुभयो ।
सांसद खड्कासँगै अनुगमनमा निस्किएका स्थानीय युवा मिन श्रेष्ठले पूर्वाधार विकास अन्र्तगत भएका विकासका कामहरुले सुनकोशीका जनतामा परिवर्तनको अनुभूति गराएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, प्रदेश सांसद खड्काको पहलमा आएका योजनाहरु सम्पन्न भइसकेको र त्यो गुणस्तरियसमेत रहेको दावी गर्नुभयो ।
धनजंग थापा, सुनकोशी











