चितवनको दानेटारमा पुरिएर २ जनाको मृत्‍यु, ३ बेपत्ता, दास ढुंगामा ढुंगा खस्दा सडक पुन:अवरुद्ध

चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्‍यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

अधिकारी अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा चेपाङ पुरिएका थिए।

यस्तै राप्ती नगरपालिका-१२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएका छन् भने एकजनाको लाश भेटिएको एसपी अधिकारीले बताए । यस्तै दास ढुंगामा नजिकै ठूलो ढुंगा खस्दा पुन: सडक अवरुद्ध भएको उनले बताए ।