मेलम्ची नदीमा फेरि आयो बाढी, क्षतिको विवरण आउन बाँकी, सतर्क रहन प्रशासनको अपिल

मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी आएको छ। असार १ गते आएको भन्दा ठूलो बाढी नदीमा आएको हो। प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा बाढी आएको अहिलेसम्मकै ठूलो बाढी आएको मेलम्चीबाट प्रदेश सहकर्मी रवि खड्काले बताएकाछन् । पानी नपरे पनि बाढी आएको छ, शिरतिर पानी पर्‍यो कि भन्ने आशंका छ।

बाढीले हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको आशंका रहेको उनले बताए। पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको अधिकारीले बताए। राती भएकाले बाढीबाट कहाँ कति क्षति भयो भन्ने बिबरण बुझ्न कठिन भइरहेको छ भने त्यस क्षेत्रमा त्रास बढिरहेको छ ।

मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित स्थानमा सारिसकिएको छ भने आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ।

‘नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित ठाउँमा सारिसकिएकाले खासै ठूलो क्षति हुने सम्भावना छैन,’ अधिकारीले भने।

No description available.