झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन पुगे ।
कमलामाई ४ निवासी श्रेष्ठ थरका एक स्थानीयको आमा र छोरालाई कोरोना पोजेटिभ भयो । सिन्धुली जिल्ला अस्पतालमा पिसिआर जाँच गाउने क्रममा उनीहरुमा पोजेभिट देखियो । आमा र छोराको रेखदेखमा संलग्न भएका उनले आफ्नो पिसिआर जँचाउनका लागि आग्रह गरेनन् र होम आइसोलेसनमा बसेनन् । पेशाले शिक्षक रहेका उनी सुरक्षितसाथ घरमैं बस्नुपर्नेमा राष्ट्रिय वाणिंज्य बैंकमा रकम निकाल्नका लागि लाईनमा बसेको अन्यले थाहा पाएपछि हल्लाखल्लानैं मच्चियो । त्यसपछि उनी बैंकबाट बाहिरिएका थिए ।
सिन्धुली जिल्लामा यी दुबै प्रतिनिधी घटना मात्रै हुन् । परिवारका सदस्य वा आफ्नै पिसिआर परिक्षणका लागि स्वाव दिएर साथीभाई र आफन्तजनकहाँ जाने वा कामै नभई बजारमा लखर लखर हिंड्नेहरुको संख्यामा कमी छैन, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेल बताउँछन् । उनी भन्छन्ः स्वाव संलकन गरेपछि चिकित्सकले रिपोर्ट नआउन्जेल तपाई आफ्नै घरमैं सुरक्षित साथ बस्नुस् भनेका हुन्छन् तर के गर्नु, त्यसलाई पालना गरेकै पाइएन ।

कोरोना जस्तै लक्षण देखिएका विरामीहरुको संख्या ह्वात्तै बढेपनि परिक्षणको दायरा घट्दैजाँदा जिल्लामैं कोरोना संक्रमितहरुको संख्या घटेको देखिएपनि गाउँ गाउँमा बग्रेल्ती विरामीहरु पाइएको स्थानीय जनप्रतिनिधीहरुले बताएकाछन् । कमलामाई नगरपालिका वडा नंं ६ का वडाध्यक्ष उज्वल थापा भन्छन्ः कोरोना संक्रमित हुन् भन्ने कुरा हामीले थाहा पाएका छौं, तर उनीहरु कसैलाई पनि थाहा छैन र अरुलाई सर्दैन भनेजसरी हिडिरहेकाछन् । जिल्ला सदरमुकमा पनि यही वडा भएकाले त्यस्ता संक्रमितहरुबाट अन्यलाई सर्ने जोखिम अत्याधिक रहेको अध्यक्ष थापाको भनाईछ ।

कमलामाई नगरपालिका २ खट्टारमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरु बढेको थाहा पाएपछि एक विरामीलाई सहयोग गर्ने उदेश्यले आयुर्वेदका चिकित्सकले फोन नम्वर पत्ता लगाएर सम्पर्क गरेका थिए, तर विरामीले उल्टै हामीलाई किन फोन गरेको, जे भएपनि हामीलाई हुन्छ भन्दै गैर जिम्मेवार जवाफ दिएपछि उनीहरु चकित परेका थिए । डाक्टर र चिकित्सकले अहिले कोरोनाका विरामीहरुको उपाचारमा निकै सक्रियता देखाउनुभएको छ, म उहाँहरुको सक्रियताको सम्मान गर्छु ।

सिन्धुली जिल्लामा विहान ७ बजेदेखी मध्यान्ह १२ बजेसम्म स्थानीय प्रशासनले शैलुन, पार्लर, होटल र पार्टी प्यालेस सञ्चालनमा रोक लगाएपनि लिएर गएको आर्युर्वेदिक औषधीको डोज परिवारका सदस्यलाई जिम्मा लगाएर डाक्टरहरुको टोली फर्कियो । सरकारले आर्युर्वेदिक अस्पताल व्यवस्थापन समितिका अध्यक्षमा नेकपा एमालेका नेता सुन्दर घिसिङलाई नियुक्त गरेपछि कोरोना संक्रमणको दोस्रो लहरसँगै कोरोना संक्रमितहरुलाई घरमै पुगेर स्वास्थ्य सल्लाह दिनुकासाथै आर्युर्वेदिक औषधीको डोज बितरणगर्दै आएको छ ।

अध्यक्ष घिसिङका अनुसार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि मात्रै डाक्टरहरुले घर घरमा पुगेर ४७५ जना संक्रमितहरुलाई औषधी बितरण गरेकाछन् । आर्युर्वेदिक औषधी सेवन गरेका कोरोना संक्रमितहरु छिटो संक्रमण मुक्त भएको बिबरणहरु आफुले प्राप्त गरिरहेको घिसिङले बताए । उनले अगाडि भनेः जनसाधारणले जानकारी पाउन नसक्दा आर्युवेदिक औषधीहरुको फाइदावारे अनविज्ञ छन् ।
स्मरणीयछः सिन्धुलीमा आर्युर्वेद अस्ताल छ र त्यहाँका डाक्टर चिकित्सकले काम गरिरहेकाछन् भन्ने कुरा कोरोना संक्रमणको दोस्रो लहरपछिमात्रै सिन्धुली सदरमुकामवासीले महशुस गरेका हुन् ।


-दिपा भण्डारी, सिन्धुली