अध्यक्षद्धय देउवा र प्रचण्डद्धारा स्थायी कमिटी बैठकमा सहभागी नहुन माधव नेपाललाई चर्को दवाव दिएको खुलासा

नेकपा (एमाले)को आन्तरिक संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले सक्रिय भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वर स्थित घरमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभएको छ ।

उहाँहरूले असार २ मा एमालेले बोलाएको स्थायी कमिटी बैठकमा आफ्ना समूहका सदस्यलाइ नपठाउन र आफू पनि नजान अनुरोध गरेको एक स्रोतले जानकारी दिएको छ । समूहभित्र दिन प्रतिदिन एक्लो बन्दै गएका माधव नेपाललाई समस्या भएको छ । केहीदिनअघि सचिव योगेश भट्टराईले नेपालले वुढानिलकण्ठ मोह नत्यागे पछि लाग्न नसक्ने बताउनुभएको थियो ।

त्यसपछि नेपालले आफू बुढानिलकण्ठ जाँदा नजिककाहरू बाटनैं आलोचनाको शिकार भएको भन्दै कोटेश्वरमा निम्ता दिनुभएको नेपाल पक्षिय एक स्रोतले जानकारी दिएको छ । उहाँ बुढानिलकण्ठ जाँदा आफु पक्षिय नेताले समेत साथ छोड्नुका साथै काँग्रेस र माओवादीको इसरामा चलेको आरोप लगाउन थालेपछि आज यतै बोलाउनु भएको हो स्रोले भन्यो ।

उहाँहरूको बीचमा प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफल भैरहेको बुझिएको छ भने २ गतेको बैठकमा जसरी भएपनि एक आफु पक्षिय कुनैपनि सदस्यलाई उपस्थित नगराउन चर्को दवाव दिएको बुझिएको छ । एमाले जव मिलन विन्दूमा आइपुग्छ तव नेपाललाई चर्को दवाव दिन दुई दलका शिर्षनेताले घेरा बन्दि गर्ने गरेको एक नेताले खुलासा गरेका हुन् ।

यसैबीच आजै आफू निकट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ओलीसँग असन्तुष्ट तर पार्टी एकताको पक्षमा रहेका बामदेव गौतमलाई भेटन लगाई ओलीविरुद्ध विपक्षी गठबन्धनसँगै उभिएका माधवकुमार नेपाललाई फकाउन आग्रह गरेको बुझिएको छ।

स्रोतका अनुसार पौडेलले गौतमलाई पार्टी एकताका पक्षमा नेपाल पक्षलाई पनि फकाउन अनुरोध गरेका थिए। पार्टी एकताका लागि पहल गरेमा बरु आगामी पार्टी निर्वाचनमा नेतृत्व लिन गौतमलाई सहयोग गर्नेसमेत बाचा ओलीकातर्फबाट गरेको स्रोतले बताएको छ। सर्वोच्च अदालतका आदेशलाई पनि ख्याल गर्दै अब पार्टी एकता गर्नुको विकल्प नभएको पौडेलले गौतमलाई सुनाएका थिए।