एमाले उपाध्यक्ष वामदेव गाैतमसँग छलफल सकेर उनकाे निवासबाट उपप्रधानमन्त्री विष्णु पाैडेल बाहिरिएका छन्। दुई नेताबीच बिहान पाैने ९ बजेदेखि छलफल चलेकाे थियाे।
गाैतमलाई भेट्न पाैडेल उनकाे निवास पुगेका थिए। दुई नेताबीचकाे भेटवार्तालाई गाैतम सचिवालयले व्यक्तिगत भनेकाे छ। तर भेटका क्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हुने गाैतमका प्रेस संयाेजक विश्वमणि सुवेदीले बताए।











