नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौमै हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको १४औं महाधिवेशन महाधिवेशन हुने बताएका छन्।

बुधबार एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, यस्तो विषम परिस्थितिमा पनि हामीले यहीँ भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ। म देशभरिका पार्टीका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ।’

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्री बुझेको उनले स्पष्ट पारेका छन्।

महाधिवेशनको हुने र नहुने भनी आएका खबरहरूलाई लिएर भ्रममा नपर्न उनले सबै नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

‘पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गराउन चाहेको र कसैले नचाहेको गरी देखाउने गरी पटकपटक आउने गरेको अभिव्यक्ति किमार्थ उचित होइनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा रहने काम गर्न हुँदैन ।’

पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको उनले बताएका छन्। असार-साउनभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी सकेर निर्धारित समयमै महाधिवेशन गर्ने उनको भनाइ छ।

‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नु छदेउवाले भनेक छन्, ‘यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्।’