पार्टी विरोधी गतिविधी गरेपछि पटक पटक कारबाही खेप्दै आएको नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ।
ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय यो पक्षको सोमबारको स्थायी कमिटी बैठकले गरेको हो।
बैठकमा सामेल स्थायी कमिटी सदस्य बेदुराम भुसालले ओलीले फेरि पनि जालझेलपूर्ण कुरा गरेकाले उनको प्रस्ताव नमान्ने निर्णय आफूहरुले गरेको बताए।
उनले भने,‘ हामीले ओलीले सार्वजनिकरुपमा अघि सारेको प्रस्तावबारे समिक्षा गर्यौँ। समिक्षा पछि हामीले यो प्रस्ताव पार्टी एकताको पक्षमा नभएको र उहाँले जालझेलपूर्ण तरिकाले यो प्रस्ताव अघि सारेले आफूहरु त्यसमा नफस्ने निर्णय गरेका छौँ। यो समूहले आफ्नो निष्कर्ष केहीबेरमा लिखित रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ।











