शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा मन्त्री श्रेष्ठले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका हुन् ।
उनले बजेटको विषयमा कुनै कसर बाँकी राख्न नहुने भन्दै कार्यान्वयन हुनेगरी काम अघि बढाउन पनि निर्देशन गरेका छन् । नयाँ पाठ्यपुस्तक ढुवानीको लागि सिसिएमसीसँग पत्राचार गर्न उनले मन्त्रालयलाई निर्देशन दिएका छन् ।
यस्तै शिक्षकलाई कोरोनाको खोप लगाउन स्वास्थ्य मन्त्रालयमा पठाएर निवेदनबारे जानकारी लिन आग्रह गरेका छन् ।
कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने धारणा राखे ।