पछिल्लो चौबीस घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

नेपालमा पछिल्लो चौबीस घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए। यसैगरी २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत चौबीस घन्टामा २१ हजार ६ सय ९५ पीसीआर तथा ३९२ एन्टिजेन परीक्षण भएको छ।