नेपालको इतिहासमा एउटा यस्तो बिद्रोह भयो ,जुन बिद्रोहले हजारौ बर्ष देखि समाजमा जरा गाडेर बसेको प्रतिकृयावादी राज्य सत्ता विशेषत: सामन्तवाद ,दलाल तथा नोकरशाही पुजीवादको सबै प्रकारका असमानता र विभेदहरुको बिरुद्धमा आम जनसमुदायलाई झक्झक्याउन सफल रह्यो ।
दश बर्ष संचालित माओवादी जनयुद्ध नै त्यस्तो बिद्रोह थियो जसले प्रतिकुलताका वापजुद पनि छोटो समयमा प्रभावकारी ढंगले समाजका सबै क्षेत्रमा बिद्रोहको मुल मुद्धाहरुलाई स्थापित गर्ने सफलता हासिल गरेको थियो । यो आन्दोलनको सुरुवात देखि नै राज्यले निर्मम दमन गर्दागर्दै पनि हजारौ यवायुवतीहरु सहित लाखौलाख जनसमुदायहरु छोटै अबधीमा संगठित हुनुले यो चानचुने आन्दोलन थिएन भन्ने प्रमाणित गर्छ ।
समस्याको पहिचान गर्ने र त्यसको समाधानमा पुरानो राज्य सत्ता मुख्य बाधक हो भन्ने राजनीतिक नारामा माओवादीले लगभग समाजका सबैखाले उत्पिडित र शोशित जनसमुदायलाई आस्वश्त पार्न सफल भएको थियो।छोटो अबधीमा सटिक बिद्रोह गर्नु,जनतालाई संगठित गर्नु र सत्तामा दखल गर्नु ,कुनै पनि विचारधाराका राजनीतिक शक्तिहरुले गर्न सक्ने सहज काम होईन, राज्यसत्ताले गरेको केन्द्रिकृत दमन चक्रमा हजारौको बलिदान, बेपत्ता र गिरफ्तारीको अबरोधलाई चकनाचुर पारेर आफ्नो प्रभावलाई निरन्तर विस्तार गरिरहेको माओवादी आन्दोलनले अन्तत: नेतृत्वकै अवसरवादी चिन्तनका कारण आमुल परिवर्तनको मुलभुत लक्ष्य हासिल गर्न असफल रह्यो । यसका प्रमुख कारणहरु यस प्रकार छन् ।
१. विचारधारात्मक कमजोरीखासगरि मार्गदर्शक सिद्धान्तको सवालमा माओवादी पार्टी भित्र सुरु देखि नै गम्भिर भड्काव रहेको थियो।षडयन्त्रकारी र ब्यक्तिवादी अराजकतालाई सिद्धान्तको बर्को ओढाएर विचारधाराको ब्याख्या सुरु गरिएकोले बल छल र कपटपासाको सहारामा माओवादी पार्टीको जग बसेको देखिन्छ। यो शैली अध्यावधिक हुदै जादा एउटा ब्यक्ति सर्वेसर्वा हुने र पार्टी संगठनका सबै निकायहरु निस्प्रभावी तामेलदार मात्रै बन्न पुगेकाले समग्र संगठन भित्र चाकडीवाद,आसंका,विष्मय र धोकाधडी संस्थागत हुन पुग्यो ।
बिचार सश्लेषणको नाममा संघर्षमा प्राप्त सिमित सफलताका आधारमा त्यसको बिशिष्टिकरण गरेर तिललाई पहाड हो भने जस्तै प्रचण्डपथ नामाकरण गरियो ।यस संगै पार्टी भित्र र बाहिर प्रचण्ड कसैले पनि चलाउन बोलाउनै नहुने सबैले पुजा गर्नै पर्ने हुन पुग्यो,उसले बोलेको सबै कुरा नीति बन्न पुग्यो ,नेतृत्व स्थापित गर्ने नाममा ब्यक्तिलाई विचार बनाईयो जवकि त्यो आचारको रुपमा समेत विकास भएको थिएन ।