पार्टी वैकल्पिक सरकारका लागि तयार छैनः महन्थ

?????????????????????????????

काठमाडौं: जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्।

जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले आफूहरु वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराएको दाबी गरेका हुन्।

उनले भने,‘ हामीले पछिल्लो राजनीति घटनाक्रमबारे छलफल र समिक्षा गरेका छौँ। तर हामी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी पनि गराएका छौँ।’

प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेपछि ठाकुर र महतो जसपाले बुधबार नै बोलाएको पदाधिकारी बैठकमा भाग लिन पुगेका छन्। बैठक पार्टीको केन्द्रिय कार्यालयमा केहीबेर अघि सुरु भएको छ।