सिन्धुलीको दुधौली कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै, सर्वसाधारण त्रसित !

कारोना संक्रमणका कारण सिन्धुलीको दुधौली नगरपालिकामा संक्रमितहरुको संख्या १ सय १९ जना पुगेपछि जनजीवन कष्टकर बन्दै भएको छ । दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच र उपचार क्रमशः चुनौतीपूर्ण बन्दै जानथालेको छ ।
घरमै बसेका एक शिक्षकको घरान स्थित विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएपछि कोरोना संक्रमण समुदायस्तरमैं फैलिएको आशंका गरिएको छ ।
कोभिड विरामीहरुको उपचारमा संलग्न भएका ६ जना स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएपछि बाँकी रहेका स्वास्थ्यकर्मीले पिसिआर परिक्षण गरेका छैनन् । ‘केहीलाई पोजिटभ भएको आशंका लागेको छ, परिक्षण गरियो भने पुष्टि हुनसक्छ, यदी त्यसो भयोभने दुधौलीमा स्वाब कलेक्सन गर्ने कोही पनि हुँदैनन् भनेरै केही साथीहरुले आफ्नो जाँच गराएका छैनन’ स्वास्थ्यकर्मी बलवहादुर खत्रीले भने ।
दुधौली नगरपालिकामा अहिलेसम्म देखिएका कोरोना संक्रमितहरुसँग कन्ट्याक्ट ट्रेसिङमा रहेकाहरु पनि परिक्षणको दायरामा आएका छैनन् । त्यसैगरी पोजेटिभ देखिएकाहरु पनि ब्यबस्थित आइसोलेसन अभावमा लखर लखर हिंडिरहँदा संक्रमणको दर बढिरहेको स्वास्थ्यकर्मीको ठम्याई छ ।
कोरोना संक्रमितहरुको कसरी उपचार गर्ने र उनीहरुलाई कहाँ राख्ने भन्ने कुरा यो समाचार तयार पार्दासम्म टुंगो नलाग्दा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा रहेका अक्सिजन प्रयोग बिहिन भएकाछन् । हामीसँग पर्याप्त स्वास्थ्य समाग्री र अक्सिजन प्लान्ट पनि आइपुगेको छ, तर त्यसको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्य शाखा प्रमुख जगदीश भण्डलले प्रदेशखबरसँग भने ।

May be an image of one or more people, people standing and indoor

नगरप्रमुख घनश्याम राउत आफ्ै कोरोना संक्रिमित भएको र पारिवारिक दबाबका कारण काठमाडौ गएर बसेपछि स्वास्थ्य उपचारको योजनानैं अलपत्र परेको स्थानीयको आरोप छ ।
स्थानीय वासिन्दाका अनुसार कोरोना रोकथाम र नियन्त्रणमा ध्यान दिनुपर्ने व्यक्तिहरुनैं गाउँमा नभएपछि तत्कालै ठोस पहल अगाडि बढ्न नसकेको हो ।
दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले सिर्थोलीमा १५ बेडको अस्थायी कोभिड उपचार कक्ष सोमबारबाटै सञ्चालनमा आएको बताए । उनले नगरपालिकामा सिसिएमसीको बैठकनैं बस्न नसकेको उल्लेगर्दै अत्यन्त सचेतता पूर्वक कोरोना रोकथाम र नियन्त्रणको प्रयाश थालिएको जनाए । हामी कोरोना संक्रमणको बढ्दो दरबाट अत्यन्त संवेदनशिल बनेकाछौं, प्रवक्ता राउतले प्रदेशखवरसँग भने ।
यसैबीच होम आइसोलेसनमा रहनुभएका नगरप्रमुख राउत र प्रमुख कार्यकारी अधिकृत पदमसिंह विष्टसँग प्रक्रिया लिन खोज्दा उहाँहरुको फोन स्वीच अफ थियो ।
सिन्धुली जिल्लामा आजसँझसम्म कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस मध्ये महिलाको संख्या १३० र पुरुषको संख्या २१८ रहेको छ । -प्रदेख संवाददाता दुधौली

सर्वसाधारणको जानकारिका लागि

दुधौली नगरपालिका मा संचालित एम्बुलेन्स को सम्पर्क नम्बरहरु १] दुधौली रेडक्रस .. ९८१५८३८१४९ / ९७४२४४६८५० २] टाडी रेड्क्रस … ९८१४८३७३१८३] हत्पते रेडक्रस…. ९८०४८४५१५३ / ९८६६२९४६७५ ४] सिन्धु आपडाडा…. ९८०७८२०८०४ / ९८४२१११९२५ ५] प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली ….. ९८४०७३२६४३६] स्वास्थ्य चौकी हर्षाही ….. ९८००८०९६०६७] स्वास्थ्य चौकी जिनाखु …. ९८१७८८३०५५ ८] स्वास्थ्य चौकी अरुणठाकुर ….. ९८२३८७१६५८९] नेपाल आमा अस्पताल ,डकाह ….. ९८१४८२०४८१प्रहरी १] इलाका प्रहरी कार्यालय डकाह ९८५४०९००९९२] प्रहरी चौकी दुधौली ९८६९८८८८३८३] प्रहरी चौकी हर्षाही ९८६९८८८८३६ ४] प्रहरी चौकी हत्पते ९८६९८८८८३४ दमकलनगर प्रहरी इन्चार्ज [सुरेन्द्र] … ९८५४०९००१५ / ९८१०३२१५५०मेख पौडेल ९८४२१७७१७४ / ९८२१३२३७८६