नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खानलले केही दिनको आरामपछि आफु नियमित काममा फर्कने जनाएका छन् । कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालले केही मिनेट पहिला सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन् ।
उनले लेखेका छन्ः
करिब एक हप्ता अघि कोभिड९१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड९१९ को रिपोर्ट नेगेटिभ आएको छ । अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु ।
यस क्रममा मेरो उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, आफन्तहरु, पत्रकार मित्रहरु, समर्थक तथा सुबेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।