भारत भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा सम्मान

नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको दर्जामा रहे पनि भारतमा उनलाई राजाकै हैसियतमा सम्मान दिइएको छ । धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका पूर्वराजा शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् ।

Image

पूर्वराजा ज्ञानेन्द्रसँगको भेटका केही तस्विरसहित ट्वीट गर्दै भारतको ग्रामिण विकास राज्यमन्त्री साध्वीले उनलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेकी छन् । मंगलबार उनले ट्वीट गर्दै लेखेकी छन्, ‘पतञ्जली योगपीठमा नेपाल नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी एवं पूज्य सन्तवृन्दसँग पूज्य योगी श्री रामदेव र आचार्य बालकृष्णजीको पावन सानिध्यमा पतञ्जली योगपीठद्वारा आयुर्वेद क्षेत्रमा नवीन अनुसन्धान र सेवा कार्यको विषयमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो ।’

राज्यमन्त्री साध्वीले मात्र होइन, योग गुरु रामदेवले पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेका छन् । उनले पनि सोही भेटवार्ताको तस्विरसहित ट्वीट गर्दै भनेका छन्, ‘नेपालका राजा श्री ज्ञानेन्द्र वीर विक्रम शाहजीले आज पतञ्जली योगपीठमा आएर सेवा कार्यको अवलोकन गर्नुभयो ।’

Image


स्वामी रामदेव@yogrishiramdev
नेपाल के राजा श्री ज्ञानेंद्र वीर विक्रम शाह जी ने आज #पतंजलि योगपीठ में पधारकर सेवाकार्यों का अवलोकन किया। #Patanjali#Nepal